icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीद्वारा मुगुमा २०० भन्दा बढी बिरामी को निःशुल्क उपचार।

कर्णाली – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) का उपकुलपति डा. पूजन रोकायाको नेतृत्वमा पुगेको विशेषज्ञ चिकित्सक टोलीले मुगुमा आयोजित स्वास्थ्य शिविरमार्फत २०० भन्दा बढी बिरामीलाई निःशुल्क उपचार गरेको छ। विभिन्न विषयगत विशेषज्ञहरू सहितको टोली लिएर मुगु पुगेका उपकुलपति रोकायाले जटिल तथा शल्यक्रिया आवश्यक पर्ने गरीब बिरामीलाई जुम्लामा पूर्ण रूपमा निःशुल्क उपचार गरिने प्रतिबद्धतासमेत जनाएका छन्।

Workplace

उक्त शिविरमा MDGP विभाग प्रमुख डा. अनुप समाल, मानसिक रोग विशेषज्ञ डा. देविका, ENT विशेषज्ञ डा. अनुपम, मेडिसिन विशेषज्ञ डा. राजेन्द्र, हाडजोर्नी विशेषज्ञ डा. तुफान कठायत लगायतका चिकित्सकले सेवा प्रदान गरेका थिए। प्रतिष्ठानले अबदेखि प्रत्येक महिनाको पहिलो आइतबार मुगुमा नियमित विशेषज्ञ सेवा सञ्चालन गर्ने र प्रत्येक तीन महिनामा मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय सार्वजनिक गरेको छ।

दस वर्षभन्दा बढी समय जुम्ला–मुगु–हुम्ला जस्ता दुर्गम क्षेत्रमा सेवा पुर्‍याउँदै आएका डा. रोकाया उपकुलपति भइसकेपछि पनि स्वयं दुर्गम क्षेत्रमा पुगेर सेवा दिनु देशभरका चिकित्सकका लागि प्रेरणादायी रहेको उपस्थितहरूले बताएका छन्। कार्यक्रममा उनले दुर्गम जनतालाई सेवा दिन पाउनु नै चिकित्सकत्वको वास्तविक मूल्य भएको बताए।

निःस्वार्थ भावले उपचार गर्दा बिरामीको मुस्कानले दिने आनन्द कुनै पनि पद वा सुविधाभन्दा ठूलो हुने उनको भनाइ थियो। उपकुलपति रोकायाले मुगु अस्पतालमा कार्यरत स्थानीय चिकित्सकहरूको पनि प्रशंसा गर्दै कठिन भौगोलिक अवस्थामाझ निरन्तर सेवा दिनु राष्ट्रप्रति ठूलो समर्पण भएको बताए। बालरोग विशेषज्ञ डा. निरमल नागरकोटी, डा. नहकुल, डा. अर्जुन, डा. दिपेन्द्र, डा. सन्तोष, डा. विप्लव लगायतको टोलीलाई उनले विशेष धन्यवाद दिएका थिए। प्रतिष्ठानका निर्देशक डा. कमल थानीले KAHS बाट MDGP विशेषज्ञको नियमित सेवा सुरु भएपछि स्थानीय नागरिकले गाउँमै उच्चस्तरीय उपचार पाउने आशा बढेको बताए।

उपकुलपति रोकायाले टेलिमेडिसिन सेवा विस्तार, स्वास्थ्य बीमाको पहुँच वृद्धि तथा दुर्गम क्षेत्रमा स्थायी रूपमा विशेषज्ञ सेवा सुनिश्चित गर्ने दीर्घकालीन योजनाको आवश्यकता रहेको बताएका छन ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?