
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बिहान साढे ११ बजे पार्टी कार्यालय, वनस्थलीमा बस्ने भएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थितिका साथै पार्टीका अन्तरिक गतिविधि र विभिन्न विभागीय नियमावलीका संशोधन प्रस्तावमा छलफल हुनेछ।
बैठकमा विभाग सञ्चालन नियमावली २०८१ (संशोधन), संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोग नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ र याट विभाग नियमावली २०८१ लगायतका विषयमा छलफल गरिने छ।
यसका साथै, सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रमको आयोजना, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता र संसद अधिवेशन, सल्लाहकार परिषद् र केन्द्रिय संगठन विभागमा मनोनयन जस्ता महत्त्वपूर्ण विषयमा पनि विचार विमर्श हुनेछ।
