महाराष्ट्रमा भयावह रेल दुर्घटना: आगलागीको हल्लापछि यात्रुहरूको हामफाल्दा ११ को मृत्यु, ४० भन्दा बढी घाइते

नयाँ दिल्ली = भारतको महाराष्ट्रस्थित जलगाउँ नजिकै बुधबार साँझ भएको भयानक रेल दुर्घटनामा हालसम्म ११ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी यात्रु घाइते भएका छन्। दुर्घटनामा नेपाली यात्रु पनि परेको आशंका गरिएको छ। भारतमा रहेका केही नेपालीले उक्त रेलमा ६३ भन्दा बढी नेपाली सवार रहेको दाबी गरे पनि यसको आधिकारिक पुष्टि हुन बाँकी छ।

Workplace

घटनाको मुख्य कारण पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला रहेको बताइएको छ। परधाडे रेलवे स्टेशनमा उक्त हल्ला फैलिएपछि आतङ्कित यात्रुहरू रेलबाट हामफाल्न थाले। यसैबीच, अर्को ट्र्याकबाट तीव्र गतिमा आइरहेको कर्नाटक सम्पर्क क्रान्ति एक्सप्रेसले थुप्रै यात्रुलाई किचेको जनाइएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार घटनास्थलमा ठूलो घुम्ती रहेकोले यात्रुहरूले अर्को ट्र्याकबाट आइरहेको रेल देख्न सकेनन्। पुष्पक एक्सप्रेस (रेल नम्बर १२५३३) लखनउबाट मुम्बईतर्फ जाँदै थियो भने कर्नाटक सम्पर्क क्रान्ति एक्सप्रेस (रेल नम्बर १२६२९) यशवन्तपुरबाट हजरत निजामुद्दीनतर्फ गइरहेको भारतीय संचार माध्यमले जनाएको छ ।

घटनापछि दुर्घटनास्थलमा ठूलो रुवाबासी मच्चिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार, पुष्पक एक्सप्रेसको ब्रेक लगाउँदा पांग्राबाट धुवाँ निस्किएपछि आगलागीको हल्ला फैलिएको थियो, जसले यात्रीहरूलाई हतास बनायो। मुम्बईबाट करिब ४०० किलोमिटर टाढा भएको यो दुर्घटनाले भारतमा रेल यात्राको सुरक्षा सम्बन्धी प्रश्न पुनः एक पल्ट प्रश्न खडा गरेको छ

थप  जानकारीका लागि प्रतीक्षा गरौँ  र हाम्रो खोजखबर लाई  हेर्दै गर्नु होला

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?