गुल्मीको मरभुङ्गमा ६० वर्षीय पुरुष मृत अवस्थामा फेला

प्रेम सुनार
गुल्मी, पुस ८ । मंगलबार बिहान गुल्मीको मरभुङ्ग गाउँमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको मालिका गाउँपालिका-८ मरभुङ्गका ६० वर्षीय लालबहादुर रोका मृत अवस्थामा भेटिएका हुन्।

Workplace

जिल्ला प्रहरी प्रमुख एसपी राजन भुजेलले घटनाको पुष्टि गर्दै घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान भइरहेको जानकारी दिए। उनले भने, “मृतकलाई कसैले हत्या गरेको हो कि भन्ने आशंका छ र सोधपुछका लागि मृतकका छोरा २८ वर्षीय डम्बर बहादुर रोकालाई नियन्त्रणमा लिइएको छ।”

घटनासम्बन्धी थप विवरणका लागि पत्रकार प्रेम सुनार फ्लोअप रिपोर्ट गरिरहेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?