आज मिति २०८१ माघ ७ गते सोमबार आजको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा परिस्थित अनुसार आफूलाई ढाल्नुहोस्। व्यर्थको वादविवादबाट टाढा रहनुहोला। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। आफ्नो क्रोधलाई आफूमाथि हावी हुन नदिनुहोला। कार्य थाल्नुभन्दा अघि सोचविचार गरेर निर्णय लिनुहोस्।

Workplace

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

न्यायिक मामिलाहरू हजुरको पक्षमा आउनेछ। कार्यक्षेत्रमा हत्तारमा निर्णय नलिनुहोला। महत्वकांक्षी योजनाहरू गोप्य राख्ने प्रयास गर्नुहोस्। कार्यक्षेत्रमा सन्तानको सहयोग मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

नोकरी वा पेशामा कार्य समयमा सम्पादन नहुनाले मन अशान्त रहनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। कार्यक्षेत्रमा हजुरको कमजोरीको लाभ उठाउन सक्लान्। समयको सदुपयोग गर्नुहोस्। कार्यक्षेत्रमा उच्च पदस्थ अधिकारीहरूबाट सहयोग मिल्ला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

साहित्य वा लेखन कलामा निखार आउनेछ। कार्यक्षेत्रमा कार्य दोहोर्याएर गर्नमा लाभ प्राप्त हुनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने प्रयास गर्नुहोला। भौतिक सुख सुविधामा धन खर्च हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मेहनतले जीवनशैलीमा सुधार आउनेछ। कार्यमा इमानदारी राख्नुहोस् सफलता मिल्नेछ। रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। कार्यक्षेत्रमा आफूलाई नयाँ ऊर्जा वा जोशको साथमा प्रस्तुत गर्न सक्नुहुनेछ। आफ्नो व्यक्तित्वले अरूलाई प्रभावित गर्न सक्नुहुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

मेहनतको राम्रो परिणाम मिल्नाले आत्मविश्वासमा वृद्धि हुनेछ। आफन्तहरूको साथ रमाइलो जमघटमा स्वादिष्ट भोजनको प्राप्ति हुनेछ। भ्रमणको साथमा मनोरञ्जनात्मक पल बित्नेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

विदेश भ्रमणको अवसरको लागि केही दौडधुप गर्नुपर्ला। समय अनुकूल रहेको छ। अवसरवादीहरुबाट सावधान रहनुहोला। सबैतिरबाट अपेक्षित सहयोग पाइनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कार्यक्षेत्रमा नँया जिम्मेवारी वहन गर्नाले मन प्रफुल्लित रहनेछ। मांगलिक कार्यहरूमा सहभागिता हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

समाजमा आफूलाई प्रतीष्ठित गराउन सकिनेछ। नयाँ कार्यको थालनीबाट लाभ मिल्नेछ। आज गरेको संघर्षले भविष्यको लागि लाभको मार्ग प्रशस्त गर्नेछ। नियमित काम सम्पादन भयेपनि निर्णायक मोडमा मन दुविधामा रहनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

दिन सामान्य रहेको छ। लामो यात्रा गर्दा आफ्नो स्वास्थ्यको ध्यान राख्नुहोला। घरपरिवारबाट टाढा हुने योग छ। सामाजिक दायित्व बढ्नेछ। नयाँ जिम्मेवारी पाउँदा मन खुसी हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आत्मबल बढ्नेछ। कार्यक्षेत्रमा व्यवहारबाट लाभ मिल्नुको साथै नयाँ जिम्मेवारीबाट मनग्य धन लाभ हुनेछ। अध्ययन वा व्यावसायिक प्रयासहरूमा सफलता मिल्नेछ। पारिवारिक सहयोगले आर्थिक पक्ष मजबुत बन्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

नयाँ कार्यतिर अग्रसर हुने समय रहेको छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। विगतका कमजोरीलाई सुधार्ने समय रहेको छ। आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?