काठमाडौ – बरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि आक्रमण प्रयासको घटनामा संलग्न रहेको आरोपमा ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथलीका ४८ वर्षीय ललित कुमार केसीलाई प्रहरीले पक्राउ गरेको छ।

यो घटना काठमाडौं जिल्ला अदालत परिसरमा भएको थियो।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ भने पक्राउ परेका केसीमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने छ।
थप विवरण घटनाको अनुसन्धानपछि सार्वजनिक हुने अपेक्षा गरिएको छ।
