अफगानिस्तान भूकम्पमा एक हजार एक सय चौबिस जनाको मृत्यु तीन हजार दुई सयभन्दा बढी घाइते

अफगानिस्तान – अफगानिस्तानमा गएको ६.० रिक्टर स्केलको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या बढ्दै १,१२४ पुगेको छ भने घाइते तीन हजार दुई सयभन्दा बढी पुगेका छन् ।

Workplace

भूकम्पका कारण करिब आठ हजार घरधुरी पूर्ण रूपमा ध्वस्त भएका छन् । कुनार र नंगरहार प्रान्तमा सबैभन्दा बढी क्षति भएको र धेरै गाउँ पूर्ण रूपमा ध्वस्त भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उद्धार टोलीलाई दुर्गम भौगोलिक अवस्था, भत्किएका सडक र खराब मौसमका कारण प्रभावित क्षेत्रमा पुग्न कठिन भइरहेको छ ।

उद्धार गरेर नजिकैका अस्पतालमा लैजाने काम भइरहेको भए पनि कमजोर स्वास्थ्य संरचनाका कारण थप जोखिम बढेको छ र विशेष गरी महिला र बालबालिका बढी प्रभावित भएका छन् ।

तालिबान सरकारले तत्काल अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ । संयुक्त राष्ट्रसंघले पाँच मिलियन अमेरिकी डलर आपतकालीन सहयोग उपलब्ध गराएको छ भने बेलायतले एक मिलियन पाउण्ड बराबरको सहयोग दिने घोषणा गरेको छ ।

भारत, चीन, युरोपेली संघ, पाकिस्तान, इरान र संयुक्त अरब इमिरेट्सलगायतका देशहरूले खाद्यान्न, औषधि, तम्बू र उद्धार टोली पठाइरहेका छन् । युनिसेफ, डब्लुएचओलगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले पनि आपतकालीन स्वास्थ्य टोली, तम्बू र सरसफाइ सामग्री पठाएका छन् । तर भत्किएका पूर्वाधार र दुर्गम भूगोलका कारण अझै धेरै गाउँमा उद्धारकार्य सुस्त भइरहेको जनाइएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?