मदिरा सेवन र ह्याङओभर: समस्या, समाधान र जिम्मेवारीपूर्ण व्यवहार

मदिरा सेवन हाम्रो समाजमा सामान्य जस्तै बनेको छ। युवापुस्ता मात्र होइन, वृद्ध उमेरका व्यक्तिहरू र किशोरकिशोरीहरू पनि मदिरा पिउने प्रचलनमा लिप्त छन्। सामाजिक जमघट, उत्सव, वा व्यक्तिगत तनावका कारण मानिसहरूले मदिरा सेवन गर्ने गर्दछ। तर, अत्यधिक मदिरा सेवनले स्वास्थ्य र समाजमा गम्भीर समस्या निम्त्याउँछ। यसमा विशेषगरी ‘ह्याङओभर’ मुख्य समस्या हो, जसले मानिसको शारीरिक र मानसिक अवस्था प्रभावित बनाउँछ।

Workplace

ह्याङओभर कम गर्ने उपायहरू

१. स्वस्थकर पेयको प्रयोग:

कागती चिया, कालो चिया, कागती पानी वा कागती सिधै सेवन गर्दा ह्याङओभर कम हुन्छ।

टमाटरको रस, सुन्तलाको जुस, अदुवा हालेको कालो चिया तथा धनिया सख्खरको मिश्रण उपयोगी हुन्छ।

२. प्राकृतिक उपायहरू:

अदुवाको प्रयोगले नशा उतार्न मद्दत गर्छ। अदुवा चपाई मनतातो पानी पिउनु लाभदायक हुन्छ।

तातोपानीले नुहाउँदा शरीरमा रहेको टक्सिन पखालिन्छ। चिसो पानिले टाउको धुने उपाय पनि प्रभावकारी हुन्छ।

3. शरीरलाई आराम दिनु:

पर्याप्त निद्राको व्यवस्था गर्नुहोस्। निद्राले शरीरलाई आराम दिन्छ र ह्याङओभर कम गर्न मद्दत गर्छ।

 

4. पानीको मात्रा बढाउनु:

अत्यधिक मात्रामा पानी पिउँदा शरीरमा भएका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्किन्छ।

 

5. उचित वान्ता:

यदि वान्ता आउन खोजेको छ भने रोक्न नहुने। शरीरले नशा हटाउन खोजिरहेको हुन सक्छ।

 

6. हावाको सम्पर्कमा जानु:

चिसो हावामा समय बिताउनुहोस्। यसले शरीरलाई सहज अनुभव गराउँछ।

 

मदिरा सेवनका फाइदा र बेफाइदा

फाइदा

सामाजिक जमघटमा रमाइलोका लागि थोरै मात्रामा मदिरा सेवनले उत्साह प्रदान गर्न सक्छ।

सीमित रूपमा रेड वाइन जस्ता पेयले स्वास्थ्यमा सकारात्मक असर पार्न सक्छ।

बेफाइदा

अत्यधिक मदिरा सेवनले स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउँछ।

ह्याङओभरका कारण काम गर्ने क्षमता कमजोर हुन्छ।

दीर्घकालीन रुपमा कलेजो, मस्तिष्क र मुटुमा नकारात्मक प्रभाव पार्छ।

सामाजिक, पारिवारिक र व्यक्तिगत सम्बन्धमा दरार ल्याउन सक्छ।

मदिरा सेवन गर्दा जिम्मेवारीपूर्वक र सन्तुलनमा रहनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। अत्यधिक सेवनले स्वास्थ्य र समाजमा नकारात्मक प्रभाव पार्छ। ह्याङओभर कम गर्ने यी उपायहरूलाई जीवनशैलीमा लागू गरेर हामी सुरक्षित र स्वस्थ रहन सक्छौं।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?