“अर्घाखाँचीमा तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस कार्यक्रम सफलतापूर्वक सम्पन्न”

अनिल नेपाली अर्घाखाँची = अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं. ९ ढिकुरामा तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस अन्तर्राष्ट्रिय कार्यक्रम भव्यताका साथ मनाइएको छ। यस दिवसको उद्देश्य कृषि जैविक विविधता र यसको संरक्षणका उपायहरूको प्रचार र प्रसार गर्नु हो, जसका लागि नेपाल सरकारले २०७९ सालमा कृषि आनुवंशिक विविधताको पहिचान र उपयोगका लागि डाटाबेस कार्यक्रमको थालनी गरेको थियो। नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले प्रत्येक माघ १ गतेदेखि ७ गतेसम्म यो दिवस मनाउने निर्णय गरेको थियो।

Workplace

सोहीअनुसार, उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका सभासद रामजी प्रसाद घिमिरे प्रमुख आतिथ्यतामा उपस्थित हुनुहुन्थ्यो। घिमिरेले जैविक विविधता संरक्षणको महत्त्वलाई जोड दिँदै सबैलाई एकजुट भएर जैविक विविधता बचाउन पहल गर्न आह्वान गर्नुभयो। उहाँले भने, “जैविक विविधता संरक्षणमा तीन वटै तहको सरकारको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। नेपालको जैविक विविधता समृद्ध छ, तर जलवायु परिवर्तन र आधुनिक खेती प्रणालीका कारण यसको संकट बढ्दै गएको छ।”

कार्यक्रममा भुमिकास्थान नगरपालिका नगर प्रमुख झविलाल थापाले आधुनिकताको नाममा खेतीमा प्रयोग भइरहेका हाईबिड उन्नत जातका कारण जमिन बाँझो रहनु र उत्पादन घट्नुलाई चिन्ता व्यक्त गर्नुभयो। उहाँले भने, “हामीले परम्परागत खानेकुराको महत्वलाई बिर्सन थालेका छौं र विषादीयुक्त तरकारी खाइरहेका छौं।” नगर प्रमुखले रैथाने जातका बालीनालीहरूको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै नगरपालिका यस क्षेत्रमा व्यावासिकता र बीउ बचाउ अभियानमा सक्रिय रहेको जानकारी दिनुभयो।
कार्यक्रममा नेपाल कृषि आनुवंशिक स्रोत केन्द्र (नार्क) का प्रमुख डा. बालकृष्ण जोसीले कृषि आनुवंशिक स्रोत र परम्परागत बालीका बारेमा जानकारी दिनुभयो। उहाँले भने, “नेपालमा कृषि जैविक विविधताको संरक्षणमा केही प्रमुख पहलहरू आवश्यक छन् जसले परम्परागत बाली र जैविक विविधता जोगाउन मद्दत पुर्याउनेछन्।”

कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख बुद्विराज घिमिरे, कीट विज्ञ विकास भुसाल, कृषक राम प्रसाद भुसाल, पूर्व वडा अध्यक्ष नारायण खनाल, समाजसेवी प्रेमनारायण गैरे, भुमिकास्थान नगरपालिका कृषि शाखा प्रमुख राम बहादुर थापा लगायतका प्रमुख व्यक्तिहरूले जैविक विविधता र यसको संरक्षणका बारेमा मन्तव्य राख्नुभएको थियो।
यस कार्यक्रमको आयोजना बाली प्रजनन विज्ञ डा. मुकुन्द भट्टराईको नेतृत्वमा भएको थियो भने कार्यक्रमको सञ्चालन धर्मराज पौडेलले गरेका थिए। वडा नं. ९ का अध्यक्ष खेमराज चुदालीले अध्यक्षता गर्नुभएको थियो।

यस कार्यक्रममा रैथाने बाली संरक्षणका लागि अगुवा कृषक, जनप्रतिनिधि, र विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। यो कार्यक्रम काठमाडौं जिल्लाभन्दा बाहिर अर्घाखाँचीमा पहिलो पटक आयोजना गरिएको हो र यसले कृषि जैविक विविधताको महत्त्व र संरक्षणमा जागरुकता ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

कार्यक्रमको मुख्य आकर्षण विभिन्न बालीहरूको जैविक विविधता प्रस्तुत गरिएको थियो, जसमा:
बाली जैविक विविधता: १५०६ प्रजाति
जलिय कृषि जैविक विविधता: २६७ प्रजाति
पशुपन्क्षि जैविक विविधता: ३५ प्रजाति
घाँसे बाली जैविक विविधता: ५१० प्रजाति
कृषि-किरा जैविक विविधता: ३५०० प्रजाति
कृषि-शुक्ष्म जीवाणु जैविक विविधता: ८०० प्रजाति
परम्परागत ज्ञान र परिकार: लगायतका विविध कार्यक्रमहरूको समावेश गरिएको थियो।

कार्यक्रमका आयोजक संस्था, कीट विज्ञ विकास भुसालका अनुसार, यस कार्यक्रमले जैविक विविधताको महत्व र संरक्षणका लागि नयाँ पहलहरूको थालनी गरेको छ।

तस्बिर सहित

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?