देश बनाउने सरकारको सदासयतालाई स्वीकार्नुहोस्” – प्रधानमन्त्री ओली

नेपाल खोज खबर काठमाडौं- नेपाल सरकारले हालै जारी लगानी र व्यवसायमैत्री अध्यादेशप्रति निजी क्षेत्रका प्रमुख सङ्घ-संस्थाहरूले सकारात्मक प्रतिक्रिया जनाउँदै सरकारलाई धन्यवाद दिएका छन्।

Workplace

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्शलगायतका प्रतिनिधिहरूले उक्त अध्यादेशलाई स्वागतयोग्य भन्दै कोभिड-१९ पछि सङ्कुचित अर्थतन्त्रलाई पुनर्जीवित गर्न यसले महत्त्वपूर्ण योगदान दिने बताएका छन्।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल, र उद्योग व्यवसाय महासङ्घका अध्यक्ष भगीरथ सापकोटाले अध्यादेशले लगानीमैत्री वातावरण निर्माणमा सहायक भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सरकारलाई थप प्रभावकारी नियमावली तयार गर्न आग्रह गरे।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सदासयतालाई सकारात्मक रूपमा लिन सबैलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “देश बनाउने सरकारको नीतिलाई स्वीकार्नुहोस्। सत्ता गठबन्धन विकास र सुशासनका लागि कटिबद्ध छ।” प्रधानमन्त्री ओलीले समृद्धि र सुशासनका लागि व्यावहारिक र अनुकूल नीति आवश्यक रहेको औंल्याउँदै आलोचनाभन्दा काममा जोड दिनुपर्नेमा जोड दिनुभयो।

निजी क्षेत्रका प्रतिनिधिहरूले पनि अध्यादेशले मुलुकको समृद्धिका लागि नयाँ ढोका खोल्ने विश्वास व्यक्त गर्दै ती व्यवस्थाहरूलाई प्रभावकारी बनाउन नियमावली र कार्यविधि आवश्यक रहेको धारणा राखे।

राष्ट्रपतिबाट पुस २९ गते जारी भएका चार अध्यादेशसँगै भूमिसम्बन्धी अध्यादेश पनि चाँडै आउने तयारीमा रहेको जानकारी दिइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवाखाजा सम्बन्धी २ दिने कार्यशाला छायाँनाथ रारामा सुरु।

मुगुमा तीन जना शिक्षक कार्यसम्पादनमा सम्मान

सिद्धार्थ रोयललाई हराउँदै मेघा राइनोज शीर्ष तीनमा उक्लियो

मुगुमा जातीय छुवाछुत दिवस : मेयर भामको घाँटीमा दमाहा र बाजा

अक्कल कोपिला फाउन्डेसन ले हुम्लाको अदान्चुली गाउँपालिकामा मा रहेको पुद्दुकोट विद्यालयम शैक्षिक सामग्री सहयोग ।।

निरज विष्टको घातक बलिङमा एपीएस युनाइटेडको प्रभावशाली जित, एसजीए माभेरिक्स ९ विकेटले पराजित

छुटाउनुभयो कि ?