सुनको भाउ आज पनि घट्यो :कतिमा हुँदै छ कारोबार

समाचार सारांश
Auto Generated by AI
  • आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घटेको छ।
  • चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको छ।
  • बैंकहरूले सुन आयात नगर्दा बजारमा सुनको चरम अभाव देखिएको छ।

काठमाडौ – हप्ताको पहिलो दिन आज आइतवार पनि सुनचाँदीको भाउ घटेको छ ।

Workplace

सुनको भाउ आज तोलामा २ हजार ८०० रुपैयाँले घटेको छ ।

- Advertisement -Workplace

भाउ घटेर सुन आज तोलाको २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भैरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो  ।

कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रवार सुनको भाउ तोलाको २ लाख ४५ हजार ४०० रुपैयाँ रहेको थियो । सुनको भाउ लगातार घट्न थालेको एक हप्ता भैसकेको छ ।

चाँदीको भाउ पनि घटेको छ ।

तोलामा ४५ रुपैयाँले घटेर चाँदी आज तोलाको ३ हजार ६५ रुपैयाँमा झरेको छ ।

अस्ति शुक्रवार चाँदीको भाउ तोलाको ३ हजार ११० रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनचाँदीको भाउ एक वर्षयताकै न्यून विन्दुमा झरेको छ ।

सुनचाँदीको भाउ घटेको यो बेला उपभोक्ताले भने किन्न पाएका छैनन् ।

बैंकहरूले सुन आयात नगर्दा बजारमा अभाव देखिएको र अर्डर लिन तथा खरिद गर्न आएका खरिदकर्तालाई फर्काउनु परेको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले नेपाल खोज खबर लाई बताउनुभएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिनेश खत्री
लेखकको बारेमा

दिनेश खत्री

खत्री नेपाल खोज खबरका प्रवन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?