जनकपुरधाममा भोलिदेखि प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन

समाचार सारांश
Auto Generated by AI
  • नेपाल प्रधानाध्यापक संघको तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबारदेखि जनकपुरधाममा सुरु हुँदैछ।
  • सम्मेलनमा देशभरका सामुदायिक विद्यालयका करिब एक हजार प्रधानाध्यापकहरूको सहभागिता रहनेछ।
  • शैक्षिक गुणस्तर सुधार र विभिन्न समसामयिक विषयमा छलफल गर्दै सम्मेलन 'जनकपुर घोषणापत्र' जारी गरेर सकिनेछ।

काठमाडौ -नेपाल प्रधानाध्यापक संघ (पान) को तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबारदेखि जनकपुरधाममा सुरु हुने भएको छ।

Workplace

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा देशभरका सामुदायिक विद्यालयका करिब एक हजार प्रधानाध्यापक सहभागी हुने आयोजकले जनाएको छ।

- Advertisement -Workplace

बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय सम्मेलन यस वर्ष मधेस प्रदेशको राजधानी जनकपुरधाममा गर्न लागेको जानकारी दिएको हो।

सम्मेलनको उद्घाटन शुक्रबार बिहान ११ बजे नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा सातै प्रदेशका ७७ जिल्लामा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहनेछ।

संघका अनुसार सम्मेलनमा शैक्षिक क्षेत्रमा उत्कृष्ट अभ्यास गरिरहेका प्रत्येक प्रदेशका दुई जना प्रधानाध्यापकलाई सम्मान गरिनेछ। यसअन्तर्गत आधारभूत र माध्यमिक तहका गरी १४ जना प्रधानाध्यापक सम्मानित हुनेछन्।

त्यस्तै, शिक्षामा योगदान पुर्‍याएको आधारमा प्रत्येक प्रदेशबाट एक जना गाउँपालिका अध्यक्ष र एक जना नगरपालिका प्रमुखलाई सम्मान गर्ने कार्यक्रम रहेको पानका मधेस प्रदेश अध्यक्ष सञ्जय झाले जानकारी दिए। सञ्चार क्षेत्रबाट पनि प्रत्येक प्रदेशका एक–एक जना सञ्चारकर्मीलाई सम्मान गरिने उनले बताए।

सम्मेलनमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रधानाध्यापकको क्षमता अभिवृद्धि तथा विद्यालयमा उपलब्ध साधनस्रोतको प्रभावकारी परिचालनका विषयमा विभिन्न छलफल सत्र सञ्चालन हुनेछन्।

अध्यक्ष झाका अनुसार शुक्रबार शिक्षा, स्वास्थ्य र सूचनामा केन्द्रित तीनवटा सत्र सञ्चालन गरिनेछ भने शनिबार आठ वटा विषयगत सत्र हुनेछन्। ती सत्रमा सुरक्षित विद्यालय, ग्रिन स्कुल तथा क्लिन स्कुल, जलवायु परिवर्तनको प्रभाव र त्यसअनुकूल शिक्षण सहजीकरण, कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स तथा विद्यार्थीको आधारभूत गणितीय सीप सुधारलगायतका विषयमा छलफल हुनेछ।

विशेषगरी तराई क्षेत्रमा गर्मी र हिमाली क्षेत्रमा चिसोका कारण विद्यार्थीको सिकाइमा पर्ने प्रभावलाई सम्बोधन गर्दै विद्यालयमा शिक्षण वातावरण कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिने आयोजकले जनाएको छ।

सम्मेलनको अन्तिम दिन काउन्सिल बैठक आयोजना गरी सामुदायिक विद्यालयको सुधारका लागि भावी कार्ययोजना समेटिएको ‘जनकपुर घोषणापत्र’ जारी गर्दै सम्मेलन समापन गरिनेछ। देश सन्चार

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?