
- नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ।
- आइतबार छापावाल सुन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको छ।
- चाँदीको भाउ पनि प्रतितोला १०० रुपैयाँले घटेर ३ हजार ६०० रुपैयाँ कायम भएको छ।
काठमाडौ -नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको हो।

महासंघले आइतबारका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँ निर्धारण गरेको छ।

यसअघि अघिल्लो दिन सुन प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।
सुनसँगै आइतबार चाँदीको भाउ पनि प्रतितोला १०० रुपैयाँले घटेको छ।
चाँदी आइतबार ३ हजार ६०० रुपैयाँमा कायम भयको महासंघले जनाएको छ।
