मुख्यमन्त्री र मन्त्रीहरूको राजीनामा माग सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको अवरोध

समाचार सारांश
Auto Generated by AI
  • सुदूरपश्चिम प्रदेशसभामा बजेटमा अनियमितता भएको भन्दै नेपाली कांग्रेसले मुख्यमन्त्री र मन्त्रीहरूको राजीनामा माग गरेको छ।
  • राजीनामाको माग गर्दै कांग्रेस सांसदहरूले नाराबाजी गरेपछि प्रदेशसभा बैठक अवरुद्ध भएर स्थगित भएको छ।
  • बजेट विवाद छानबिन गर्न समिति बनाउने सहमति कार्यान्वयन नभएकाले कांग्रेसले सरकारको नैतिक जिम्मेवारीमाथि प्रश्न उठाएको छ।

काठमाडौ -सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्री र मन्त्रीहरूको राजीनामा माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

Workplace

चालु आर्थिक वर्षको बजेटमा अनियमितता तथा बेथिति भएको सरकारका जिम्मेवार पदाधिकारीले नै स्वीकार गरिसकेको भन्दै कांग्रेसले नैतिक जिम्मेवारी लिएर मुख्यमन्त्री र मन्त्रीहरूले राजीनामा दिनुपर्ने माग गरेको हो ।

- Advertisement -Workplace

शनिबार बसेको प्रदेशसभा बैठक सुरु हुनेबित्तिकै कांग्रेसका प्रदेशसभा सदस्य विक्रमसिंह धामीले बजेटमा बेथिति भएको विषय सरकार, अर्थमन्त्री र सभामुखले समेत स्वीकार गरिसकेको बताउनुभयो ।

यस्तो अवस्थामा नैतिक जिम्मेवारी लिएर मुख्यमन्त्री र मन्त्रीहरूले पदबाट राजीनामा दिनुपर्ने उहाँको माग थियो ।

धामीले धारणा राखेपछि कांग्रेसका सांसदहरूले बैठकमा नाराबाजी गर्दै राजीनामाको माग गरेका थिए । प्रतिपक्षी दलको अवरोधपछि प्रदेशसभा बैठक स्थगित भएको छ ।

यसअघि बजेटमा देखिएका विवादित विषय छानबिन गर्न संसदीय समिति गठन गर्ने निर्णय भएको थियो । गत असोज २७ गते बजेट पारित गर्ने क्रममा सभामुख भीमबहादुर भण्डारीले दलीय प्रतिनिधित्वका आधारमा सात सदस्यीय छानबिन समिति गठन गर्ने घोषणा गर्नुभएको थियो ।

उक्त समितिलाई कात्तिक २० गतेभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको थियो । तर, निर्धारित समयसीमा सकिँदासमेत दलहरूबीच सहमति जुट्न नसक्दा समिति गठन हुन सकेको छैन ।

छानबिन समिति गठन गर्ने निर्णयसमेत कार्यान्वयन नभएको भन्दै कांग्रेसले सरकारको नैतिक जिम्मेवारीमाथि प्रश्न उठाउँदै आएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?