काठमाडौं – नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद वर्षमान पुनले प्रधानमन्त्रीको नेतृत्वमा रहेको सरकारले गरेका कामप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले एकपछि अर्को प्रश्नसहित सरकारको आलोचना गरे। उनले आर्थिक वर्ष २०८१/८२ मा साना सहकारी बचतकर्तालाई पाँच लाख रुपैयाँसम्म फिर्ता दिने घोषणा भए पनि कार्यान्वयन नभएको स्मरण गराउँदै प्रश्न गरे, “रिक्सा, सैलुन, चटपटे व्यवसाय सञ्चालन गर्ने बचतकर्ताको रकम किन फिर्ता दिइएन?”
पुनले मिटरब्याज पीडितका लागि अघिल्लो सरकारले अघि बढाएको न्यायिक छानबिन र कारबाही प्रक्रिया रोकिएकोप्रति पनि आपत्ति जनाएका छ्न ।
उनले कीर्तिपुर क्रिकेट रंगशालाको निर्माणमा भएको लामो ढिलासुस्तीप्रति पनि कटाक्ष गर्दै भने, “तेस्रोपटक म्याद थपिँदा पनि काम पूरा भएको छैन। अझै कति समय लाग्ने हो भन्दै प्रश्न गरेका छ्न ।
सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवनको प्रगति र विवरण संसदमा प्रस्तुत नगरेको विषयमा पनि पुनले प्रधानमन्त्रीसँग जवाफ माग गरेका छ्न ।
