
- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
- तराईका केही स्थानमा बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।
- पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ।
काठमाडौ -हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।

दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।
देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कर्णाली प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।
देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
