लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङकाे नियुक्ति विवादमा

समाचार सारांश
Auto Generated by AI
  • लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई गरिएको नियुक्तिप्रति विभिन्न अभियानले विरोध जनाएका छन्।
  • विवादित व्यक्तिलाई पवित्र धार्मिक संस्थाको नेतृत्व दिइनु सुशासनको सिद्धान्त विपरीत भएको भन्दै नियुक्ति खारेज गर्न माग गरिएको छ।
  • उक्त निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिँदै स्वच्छ छवि र स्थानीय भावना बुझेको व्यक्तिलाई नेतृत्वमा ल्याउन आग्रह गरिएको छ।

लुम्बिनी – लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयप्रति राष्ट्रिय जेनजी नागरिक अभियान र लुम्बिनी बचाउ महाअभियानले विरोध जनाएका छन् ।

Workplace

दुवै अभियानले नियुक्ति तत्काल खारेज गर्न माग गर्दै निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

- Advertisement -Workplace

गएकाे असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो ।

राष्ट्रिय जेनजी नागरिक अभियानले आज विज्ञप्ति निकाल्दै कानूनी अनुसन्धानको घेरामा रहेको भनिएको व्यक्तिलाई पवित्र धार्मिक तथा सांस्कृतिक सम्पदाको विकास र व्यवस्थापन गर्ने निकायको नेतृत्व दिनु विधिको शासन र सुशासनको सिद्धान्त विपरीत भएको दाबी गरेको छ ।

यसैबीच लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानले पनि डोल्माको नियुक्ति खारेज गर्न माग गर्नुभएको छ ।

उहाँले लुम्बिनीको विकास, संरक्षण र प्रवर्द्धनका लागि स्थानीय भावना बुझेको, स्वच्छ छवि भएको र पारदर्शी व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने बताउनुभयो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?