
- मुगुको छायाँनाथ रारा नगरपालिकाले जातीय विभेद अन्त्य गर्न अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई जनही एक लाख रुपैयाँ प्रोत्साहन स्वरूप प्रदान गरेको छ।
- नगरपालिकाको दलित ऐन २०८० अनुसार अन्य दुई जोडीलाई पनि दसैँपछि सोही रकम उपलब्ध गराउने तयारी गरिएको छ।
- नगर प्रमुखले उक्त रकमको सही सदुपयोग गर्न आग्रह गर्नुभएको छ भने सम्मानित जोडीहरूले नगरपालिकाको यस कदमप्रति खुसी व्यक्त गरेका छन्।
रतन बहादुर रावल।मुगु जिल्ला मा रहेको एक मात्र नगरपालिका रहेको छाँयानाथ रारा नगरपालिकाले दलित बिच अन्तरजातिय बिवाह गर्ने जोडीलाई प्रोत्साहन स्वरुप १ लाख रुपैया सहयोग गरेको छ ।

बिहीबार छाँयानाथ रारा नगरपालिका भित्र बिगत देखी कुप्रथाको रुपमा रहेको जातिय बिभेद ,छुवाछुत कुप्रथाको न्यूनिकरण गर्नका लागी कार्यालयमा एक औपचारीक कार्याक्रम गरी नगरपालिका भित्र रहेका दलित बिच अन्तरजातिय बिवाह गर्ने २ जोडीलाई १।१ लाखको चोक हरुतान्तरण गरी फुल माला र अबिरले सम्मान गरेकाछन ।

अन्तर जातिय विवाहगी प्रोत्साहन पाउर्नेमा छायाँनाथ रारा नगरपालिका वडा नम्बर १० झाकोटका बिक्रम बहादुर नेपाली र पनित्रा चौलागाई र वडा नम्बर १३ थार्पका मानसिंह नेपाली र सरिता सेजुवाल रहेका छन ।
छायाँनाथा रारा नगरपालीका दलित ऐन अनुसार २०८० अनुसार बिगतका बर्ष देखी अन्तरजातिय दलित बिवाह गर्ने जोेडीलाई एक एक लाख स्वरुप सहयोग गर्दौ आई रहेका थिर्यौ यो बर्ष अन्तरजातिय बिवाह गर्ने ४ जोडीलाई सम्मान गर्ने भनिएको भए पनि आज २ जोडी उपस्थिती भए अनुसार २ जोडीलाई १,१ लाखको चेक हस्तान्तरण गरीएकोछ भर्ने अन्य २ जोडीलाई दशौ पछि प्रोत्साहन स्वपसहयोग गर्ने तयारी भई रहेको छ ।
यो नगरपालिका बाट दिईएको प्रोत्साहन रकम सहि सदुपयोग गर्नु हुनसमेत नगर प्रमुख बिस्नुकुमा भामले बताएका छन ।
काठमाडौं पढ्दा बढ्दै दुबैजना को चिनाचानी अनुसार माया प्रोम बढ्र्दै गयो अहिले विवाह गरेका ६,७ बर्ष भयो मेरो जिवनमा निकै राम्रो छ ।
म बाहुँनकी छोरी दलित संग बिवाह भए पछि माईति घरमा खवर गर्दा आमा बुबाले कुनै केही पनि भन्नु भएन छोरी तिम्रो भाग्य तिही रहेछ । के गर्ने भन्नु भयो अहिले दुबै बुढा बुढी माईति घर जार्ने आउर्ने गरेका र्छौ । नगरपालिकाले हाम्रो जोडीलाई सम्मान स्वरुप दिएको १ लाख राम्रो काममा लगानि गर्ने छौं ।
नगरपालिकाले सहयोग गरेकोमा निकै खुसी लाग्यको पबित्रा चौलागाईले बताएकी छन ।
अन्तरजातिय बिवाह भएको ४,५ बर्ष भयो जन्म घरमा आमा बुबाले केही भन्नु हुदैनन् तर दाजुले दलित घरमा बिवाह गरिस् भन्दै अहिले सम्म मान्नु भएको छैनन् ।
तर सबै भन्दा बाचुँन्जोल सम्म साहारा भनेको श्रीमान् हुन अहिले श्रीमान् ,सासु,ससुरा,घर परिवार छरछिमेकी बाट राम्रो माया पाएको छु ।
दलित संग बिवाह गरेको कुनै महशुस भएको छौन् । यो नगरपालिका बाट अन्तरजातीय बिवाह गरेको बापत पाएको १ लाख रुपौया को सही सदुपयोग गरी भबिस्य बनाउर्ने लक्ष्य रहेको छ भन्दै सहयोग गरेवापत नगरपालिकालाई धेरै धेरै धन्यावाद सतिा सेजुवालले दिएकी छन ।
