
- कर्णालीमा पहिलोपटक हुन लागेको १०औँ राष्ट्रिय खेलकुद अन्तर्गतको कबड्डी प्रतियोगिता आजदेखि मुगुको गमगढीमा सुरु हुँदैछ।
- प्रतियोगितामा सहभागी हुन कर्णालीका १० वटै जिल्लाका पुरुष खेलाडीहरू मुगु पुगिसकेका छन्।
- विकट क्षेत्रका प्रतिभावान खेलाडीहरूलाई अवसर दिने उद्देश्यले मुगुमा पहिलोपटक राष्ट्रिय स्तरको खेल आयोजना गरिएको हो।
रतन बहादर रावल मुगु — कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन गइरहेको ऐतिहासिक १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको कबड्डी खेल आज २६ गते देखि मुगु जिल्लामा सुरु हुँदैछ। मुगुको सदरमुकाम गमगढीस्थित श्री महाकाली नमुना उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा यो प्रतियोगिता सञ्चालन हुन लागेको हो।प्रतियोगितामा सहभागी हुन कर्णाली प्रदेशका दशैँवटा जिल्लाका पुरुष खेलाडीहरू हिजो नै मुगुको सदरमुकाम गमगढी आइपुगेका छन्। १०औँ राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको निर्णय अनुसार मुगुमा कबड्डी खेल खेलाउन लागिएको खेलकुद समिति संयोजक गोरख बहादुर शाहीले जानकारी दिनुभयो। कारेक्रम को प्रमुख: अतिथि छायाँनाथ रारा नगरपालिका कि उपप्रमुख ऐश्वर्य मल्ल सहित जिल्लाका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको छ।

खेलकुद समिति संयोजक शाहीका अनुसार, विकट र दूरदराजका ठाउँहरूबाट पनि प्रतिभावान खेलाडीहरू जन्माउनुपर्छ र उनीहरूलाई अवसर दिनुपर्छ भन्ने उद्देश्यका साथ मुगु जिल्लामा पहिलोपटक यस्तो ऐतिहासिक र ठूलो खेल प्रतियोगिता आयोजना गर्न विशेष भूमिका खेलिएको हो। मुगुमा पहिलोपटक राष्ट्रिय खेलकुद स्तरको खेल हुन लाग्दा स्थानीय खेलप्रेमी र बासिन्दाहरू निकै उत्साहित देखिएका छन्।
खेलकुद विकास समितिका मुगुका अध्यक्ष जिल्लासिंह भामले भन्नुभयो कर्णाली प्रदेशमै पहिलोपटक आयोजना हुन लागेको यो १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्नका लागि खेल पूर्वाधार, खेलाडी तथा खेलकर्मीहरूको व्यवस्थापन लगायतका आवश्यक तयारीहरू तीव्र पारिएको छ। कर्णालीका विभिन्न जिल्लाहरूमा फरक-फरक खेलका प्रतिस्पर्धाहरू सञ्चालन गर्ने योजना अनुसार मुगुले कबड्डी खेलको आतिथ्यता गर्ने अवसर पाएको हो।

