कांग्रेस महाधिवेशन: खुला उपसभापतिमा चन्द्र भण्डारी र समावेशीतर्फ विनोद चौधरीको अग्रता

समाचार सारांश
Auto Generated by AI
  • नेपाली कांग्रेसको उपसभापति पदको मतगणनामा चन्द्र भण्डारी र मधु आचार्यले खुलातर्फ अग्रता लिएका छन्।
  • समावेशी उपसभापतिमा विनोद चौधरीले अग्रस्थान कायम गर्दै जीवन परियारले उनलाई पछ्याइरहेका छन्।
  • सानेपास्थित पार्टी कार्यालयमा कडा सुरक्षाका साथ बाँकी मतहरूको गणना कार्य जारी रहेको छ।

काठमाडौ – नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत जारी पदाधिकारी मतगणनामा खुला तथा समावेशी उपसभापति पदमा रोचक प्रतिस्पर्धा देखिएको छ।

Workplace

पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतगणनाको पछिल्लो परिणाम अनुसार खुला उपसभापति पदमा  चन्द्र भण्डारी र  मधु आचार्यले सुरुवाती अग्रता कायम राखेका छन्।

- Advertisement -Workplace

खुलातर्फका २ उपसभापति पदका लागि चुनावी मैदानमा रहेका ७ जना उम्मेदवारमध्ये ६७९ मत प्राप्त गर्दै  चन्द्र भण्डारी पहिलो स्थानमा रहेका छन्। उनलाई ३९३ मतका साथ  मधु आचार्यले पछ्याइरहेका छन्।

त्यस्तै अन्य उम्मेदवारहरू गोविन्द भट्टराईले ३४५ मत, सुरेन्द्रराज पाण्डेले ३३७ मत, दीपक गिरीले २६४ मत, धनराज गुरुङले २४० मत र प्रा. डा. चन्द्रमोहन यादवले १३८ मत प्राप्त गरेका छन्।

यसैगरी उपसभापति समावेशीतर्फको प्रतिस्पर्धामा उद्योगपति तथा नेता विनोद चौधरीले ३८२ मतसहित आफ्नो अग्रता बनाएका छन्। उनलाई जीवन परियारले ३३० मत ल्याएर निकटतम पछ्याइरहेका छन्।

यस्तै समावेशी उपसभापतिका अन्य आकांक्षीहरू फरमुल्लाह मन्सुरले १९० मत, सीता गुरुङले १७० मत र रञ्जित कर्णले १०७ मत प्राप्त गरेका छन्। सानेपामा कडा सुरक्षा व्यवस्था र सीसी क्यामेराको निगरानीमा बाँकी मतहरूको गणना कार्य अझै जारी रहेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?