
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापालाई बधाई दिएका छन्।
- लिङ्देनले सामाजिक सञ्जालमार्फत थापाको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन्।
- उनले देश, जनता र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि थापाले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
काठमाडौ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित गगन कुमार थापालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

लिङ्देनले सामाजिक सञ्जालमार्फत थापालाई बधाई दिँदै आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका हुन्।

उनले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ जिम्मेवारी सम्हालेका थापाले देश, जनता र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।
