पूर्वराष्ट्रपति की पत्नी प`क्रा`उ

समाचार सारांश
Auto Generated by AI
  • श्रीलंकाकी पूर्वप्रथम महिला शिरन्ती राजापाक्ष बाल अस्पतालका लागि संकलित चन्दा दुरुपयोगको आरोपमा पक्राउ परेकी छिन्।
  • उनको संस्थाले क्यान्सर अस्पतालका लागि भनेर चन्दा उठाए पनि सो उपकरण चीनले निःशुल्क दिइसकेको पाइएको छ।
  • शिरन्तीले आफूमाथिको आरोप अस्वीकार गरेकी छन् भने राजापाक्ष परिवारले यसलाई राजनीतिक प्रतिशोध भनेको छ।

श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजापाक्षकी पत्नी तथा पूर्वप्रथम महिला शिरन्ती राजापाक्षलाई परोपकारी संस्थाले बाल अस्पतालका लागि संकलन गरेको चन्दा रकम दुरुपयोग गरेको आरोपमा बुधबार पक्राउ गरिएको छ।

Workplace

राष्ट्रपति अनुरा कुमार दिसानायकेको सरकारले लामो समयदेखि निष्क्रिय रहेको भ्रष्टाचारसम्बन्धी अनुसन्धान पुनः अघि बढाउने क्रममा उनलाई नियन्त्रणमा लिएको हो।

- Advertisement -Workplace

७३ वर्षीया शिरन्तीलाई कोलम्बोमा पक्राउ गरी मजिस्ट्रेटसमक्ष उपस्थित गराउने तयारी गरिएको घुसखोरी वा भ्रष्टाचारसम्बन्धी आरोपको अनुसन्धान गर्ने आयोग (सीआइएबीओसी) ले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय क्यान्सर अस्पतालका लागि पिइटी स्क्यानर खरिद गर्न उनको सिरिलिया सविया च्यारिटीले संकलन गरेको करिब एक करोड रुपैयाँ अर्थात् ३० हजार ३०० अमेरिकी डलर बराबरको रकमबारे अनुसन्धान भइरहेको छ।

अनुसन्धानकर्ताहरूले उक्त स्क्यानर चिनियाँ सरकारले यसअघि नै दान गरिसकेको भए पनि परोपकारी संस्थाले चन्दा सङ्कलन जारी राखेको र रकम दुरुपयोग गरेको आरोप लगाएका छन्।

शिरन्तीले भने आरोप अस्वीकार गर्दै आफूले कुनै गलत काम नगरेको बताएकी छन्। उपचारका लागि सेप्टेम्बर १६ मा सिंगापुर गएकी उनी अदालतमा गिरफ्तारी रोक्न निवेदन परेपछि सोमबार श्रीलंका फर्किएकी थिइन्।

उनको अग्रिम जमानतसम्बन्धी सुनुवाइ अक्टोबर १२ का लागि तोकिएको छ। राजापाक्ष परिवारका अन्य सदस्यसमेत कानुनी समस्यामा छन्।

पूर्वप्रथम महिलाका जेठा छोरा तथा विपक्षी सांसद् नमल राजापाक्ष सन् २०१३ मा भएको एयरबस विमान खरिद सम्झौतासम्बन्धी अभियोगमा हिरासतमा छन्।

राजापाक्ष परिवारले भ्रष्टाचारका आरोप अस्वीकार गर्दै कारबाही राजनीतिक उद्देश्यबाट प्रेरित भएको दाबी गरिरहेको छ।

महिन्दा राजापाक्षले सन् २००५ देखि २०१५ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए।

सन् २०२२ को व्यापक विरोध प्रदर्शनपछि उनका भाइ गोताबाया राजापाक्ष राष्ट्रपतिबाट हट्नुपरेसँगै परिवारको राजनीतिक प्रभाव कमजोर भए पनि महिन्दा अझै श्रीलंकाका प्रभावशाली राजनीतिक व्यक्तित्वमध्ये एक हुन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?