
- अर्घाखाँचीका अधिवक्ता तथा लेखक सरोज भट्टराईको पहिलो साहित्यिक कृति ‘कलेजी प्रेम’ लोकार्पण भएको छ।
- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कृतिमाथि समीक्षा गरिएको थियो।
- सो कृतिले प्रेम, सम्बन्ध, समाज, जीवन र राष्ट्रप्रतिको भावनालाई समेटेको लेखकले बताएका छन्।
निश्चल ज्ञवाली बुटवल — अर्घाखाँचीको शितगंगा नगरपालिका–३ निवासी अधिवक्ता तथा लेखक सरोज भट्टराईको पहिलो साहित्यिक कृति ‘कलेजी प्रेम’ लोकार्पण भएको छ।

प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनालाई केन्द्रमा राखिएको ‘कलेजी प्रेम’मा जीवनका विविध अनुभूति तथा देश र मातृभूमिप्रतिको आत्मीय भावनालाई समेत साहित्यिक रूपमा प्रस्तुत गरिएको छ।


प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा आयोजित लोकार्पण समारोहमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली तथा साहित्यकार एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कुमार नगरकोटी विशेष अतिथिका रूपमा उपस्थित थिए।
समारोहमा साहित्यकार दीपशिखा घिमिरे र नवीन खत्रीले पुस्तक समीक्षकका रूपमा ‘कलेजी प्रेम’माथि आफ्ना विचार तथा दृष्टिकोण प्रस्तुत गरेका थिए।
लोकार्पण कार्यक्रममा लेखक भट्टराईले ‘कलेजी प्रेम’लाई केवल प्रेमकथामा सीमित कृतिका रूपमा बुझ्न नहुने बताए।
उनका अनुसार कृतिले प्रेम, सम्बन्ध, समाज, जीवन र राष्ट्रप्रतिको भावनालाई एउटै संवेदनात्मक यात्रामा जोड्ने प्रयास गरेको छ।
‘कलेजी प्रेम’ भट्टराईको पहिलो साहित्यिक कृति हो। कृतिमार्फत उनले प्रेम र मानवीय सम्बन्धका विभिन्न आयामसँगै समाज र राष्ट्रप्रतिको भावनालाई साहित्यिक अभिव्यक्ति दिने प्रयास गरेका छन्।

