नेपाल बिमा प्राधिकरण र मोरङ क्याम्पस बीच इन्टर्नसिप र इन्टेलेक्चुअल  सम्झौता

समाचार सारांश
Auto Generated by AI
  • महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र नेपाल बीमा प्राधिकरण कोशी प्रादेशिक कार्यालयबीच विद्यार्थीलाई इन्टर्नसिप दिने सम्झौता भएको छ।
  • इन्टर्नसिपमार्फत विद्यार्थीले बीमा क्षेत्रको कार्यप्रणाली, नियमन र सेवा प्रवाहबारे प्रत्यक्ष व्यावहारिक ज्ञान हासिल गर्नेछन्।
  • यस सहकार्यले विद्यार्थीको क्षमता अभिवृद्धि गर्नुका साथै भविष्यमा बीमा क्षेत्रमा अनुसन्धान र रोजगारीका लागि टेवा पुग्ने विश्वास गरिएको छ।

विराटनगर । विद्यार्थीलाई कक्षाकोठामा हासिल गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने अवसर प्रदान गर्ने उद्देश्यले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर र नेपाल बीमा प्राधिकरण कोशी प्रादेशिक कार्यालय विराटनगर बीच इन्टर्नसिप कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।

Workplace

सम्झौताअनुसार क्याम्पसमा अध्ययनरत विद्यार्थीले नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालय, विराटनगरमा इन्टर्नसिप गर्ने अवसर पाउनेछन् । इन्टर्नसिपमार्फत विद्यार्थीले बीमा क्षेत्रको संस्थागत संरचना, कार्यप्रणाली, नीति, सेवा प्रवाह तथा नियमनका विषयमा प्रत्यक्ष अनुभव हासिल गर्ने अपेक्षा गरिएको नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख राजेन्द्र महर्जनले जानकारी दिनुभयो ।  उहाँले विद्यार्थीले बीमाको बस्तु स्थिती बुझने , भोलीका दिनमा बीमा क्षेत्रमा अनुसन्धान र बीमा का क्षेत्रमा रोजगारीका लागी थप टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

- Advertisement -Workplace

सो अवसरमा मर्हजनले  सम्झौतालाई शिक्षा र व्यावसायिक क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा लिइएको र  यसले विद्यार्थीको व्यावहारिक ज्ञान अभिवृद्धि गर्नुका साथै बीमा क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति विकासमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको बताउनुभयो । उहाँले प्राधिकरणले कलेजले गर्ने साथै विषय विज्ञको रुपमा कलेजमा रहेका विध्यार्थीमा बीमाको शिक्षा र सचेतनालाई अगाडि बढाउने उहाँले बताउनुभयो । प्राधिकरणले बीमाको बारेमा आवश्यकता अनुसार विध्यार्थीलाई समय समयमा बीमा सचेतना समेत सञ्चालन गर्ने कुरा सो अवसरमा जानकारी दिईएको थियो ।

महेन्द्र मोरङ्ग आर्दश बहुमुखि क्याम्पसका प्रमुख डा रामावतार शरणले सम्झौताले विद्यार्थीको शैक्षिक विकाससँगै व्यावहारिक दक्षता अभिवृद्धि गर्न यस्ता सहकार्य आवश्यक रहेको बताउनुभयो ।सम्झौता कार्यक्रमले उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई अध्ययनकै क्रममा कार्यक्षेत्रको अनुभव दिलाउन सके उनीहरूको क्षमता, आत्मविश्वास र व्यावसायिक दक्षता थप प्रभावकारी हुने प्राध्यापक अच्युत राज कट्टेल बताउनुभयो ।

नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको विकासका लागि दक्ष जनशक्ति उत्पादन हुनुपर्ने साथै बीमा सचेतनाको बृद्धि र बीमा क्षेत्रलाई नियमन गर्दै युवा पुस्तामा बीमासम्बन्धी ज्ञान र चेतना विस्तारलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ । शैक्षिक संस्थासँगको सहकार्यले विद्यार्थीलाई बीमा क्षेत्रका अवसर र चुनौतीबारे नजिकबाट बुझ्न सहयोग पुग्ने विश्वास प्राधिकरणको छ ।

क्याम्पसका विद्यार्थीका लागि इन्टर्नसिप कार्यक्रमले अध्ययन र रोजगारीको क्षेत्रबीचको दूरी कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, यसबाट विद्यार्थीले भविष्यमा बीमा, बैंकिङ तथा वित्तीय क्षेत्रमा आफ्नो करियर निर्माणका लागि आवश्यक सीप र अनुभव प्राप्त गर्ने अवसर पाउनेछन् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?