बुद्ध नमुना माध्यमिक विद्यालयद्वारा दुई आर्थिक वर्षको सामाजिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत।

समाचार सारांश
Auto Generated by AI
  • मुगुको बुद्ध नमुना माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८१/०८२ र २०८२/०८३ को सामाजिक लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ।
  • स्थानीय सरोकारवालाहरूको उपस्थितिमा आयोजित कार्यक्रममा विद्यालयको आर्थिक र शैक्षिक गतिविधिहरू पारदर्शी रूपमा प्रस्तुत गरिएको थियो।
  • स्रोत साधनको मितव्ययी उपयोग र शैक्षिक गुणस्तर सुधारका लागि गरिएको यो परीक्षणले स्थानीय समुदायमा विश्वास जगाएको छ।

रतन बहादुर रावल मुगु,-मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका वडा नं. ८ मांग्रीस्थित श्री बुद्ध नमुना माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८१/०८२ र २०८२/०८३ को सामाजिक लेखा परीक्षण सम्बन्धी सार्वजनिक प्रतिवेदन तथा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच असोज १९ गते सरोकारवालाहरूका सामु दुवै आर्थिक वर्षको सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गरिएको  विद्यालयका प्रधानाध्यापक बताए। सहभागीमा मुगुम कार्मारुङ गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष र विभिन्न संघसंस्थाका निकाय र स्कुल व्यवस्थापन समितिका अध्यक्ष सहित उच्च व्यक्तिहरू समेत सहभागी रहेका थिए।

Workplace

विद्यालयप्रतिको अपनत्व विकास गर्दै उपलब्ध स्रोत र साधनको मितव्ययी एवं बहुआयामी उपयोग गरी अधिकतम प्रतिफल हासिल गर्ने उद्देश्यले यो परीक्षण गरिएको यस विद्यालयका प्रधानाध्यापक ले जनाएका छ । शिक्षा ऐन तथा नियमावली २०५९ संशोधन सहित को परिच्छेद २० नियम १७१ र विद्यालय सामाजिक परीक्षण मापदण्ड २०७८ को परिधिभित्र रहेर विद्यालयले प्रत्येक वर्ष नियमित रूपमा सामाजिक परीक्षण गर्दै आएको छ ।यस पटकको सामाजिक परीक्षण प्रतिवेदनलाई सामाजिक परीक्षण मापदण्ड २०७८ मा व्यवस्था भए बमोजिमका अनुसूचीहरू अनुसार नै तयार गरी सम्पूर्ण सरोकारवालाहरू (अभिभावक, शिक्षक र स्थानीय प्रतिनिधि) माझ पारदर्शी रूपमा प्रस्तुत गरिएको थियो। उक्त कार्यक्रममा सबै सहभागिता स्थानीयवासीको पनि जना लहर सहित स्कुलले गरेको आइबिएको लेखा परीक्षामा एकदम सन्तुष्टि भएर आफ्नो राय सल्लाह राखेका। त्यहाँका स्थानीय बासीले उत्साहजनक भएको बताएका छन्।

- Advertisement -Workplace

संस्थागत बैठक र निर्णय कार्यान्वयनको अवस्था बलियो
विद्यालय व्यवस्थापन समितिले सामाजिक परीक्षण समितिलाई उपलब्ध गराएको विवरण अनुसार विद्यालयको संस्थागत बैठक नियमित रूपमा बस्ने गरेको र गरिएका निर्णयहरूको कार्यान्वयनको अवस्था निकै राम्रो र प्रभावकारी पाइएको छ ।

नियमसम्मत ढंगले विद्यालयको समग्र गतिविधि र आर्थिक लेखाजोखाको मूल्यांकन गरी शैक्षिक गुणस्तर सुनिश्चित गर्न यो सामाजिक परीक्षण कोशेढुङ्गा सावित हुने आयोजक पक्षले विश्वास लिएको छ ।

स्रोत साधनको परिचालनमा अनियमितता रोक्न र विद्यालयको भौतिक एवं शैक्षिक सुधारका लागि व्यवस्थापन समिति सक्रिय रहेको पाइएको छ।

आगामी कार्यदिशादुईवटा आर्थिक वर्ष (२०८१/०८२ र २०८२/०८३) को समीक्षा गर्दै कार्यक्रमका सहभागीहरूले विकट भौगोलिक क्षेत्रमा रहेर पनि बुद्ध नमुना माध्यमिक विद्यालयले सामाजिक परीक्षणमार्फत स्थानीय समुदायमा विश्वास जगाएको उल्लेख गरे। नियमसम्मत ढंगले विद्यालयको समग्र गतिविधि र आर्थिक लेखाजोखाको मूल्यांकन गरी शैक्षिक गुणस्तर सुनिश्चित गर्न यो सामाजिक परीक्षण कोशेढुङ्गा सावित हुने आयोजक पक्षले बताएको छ। आगामी दिनमा पनि प्राप्त रचनात्मक सुझावहरूलाई समेट्दै अझै उत्कृष्ट ढंगले अघि बढ्ने प्रतिबद्धता विद्यालय प्रशासनले व्यक्त गरेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?