आज मिति २०८२ श्रावण ६ गते मंगलबार आजको राशीफल

 

Workplace

मेष- जोखिमपूर्ण कामबाट फाइदा हुनेछ, विगतका कुराहरू पुन: प्राप्त हुने संकेत छ । बुद्धि र विवेकको प्रयोगले सफलता मिल्नेछ, पारिवारिक सुखमा बृद्धि हुनेछ । छोरा छोरीबाट सन्तोष मिल्नेछ, आत्मबल बढ्नेछ । परीक्षा वा प्रतिस्पर्धामा मिहिनेतको खाँचो देखिन्छ ।

बृष- जिम्मेवारी बढ्ने समय हो, हाकिम र घरका अभिभावकको साथ पाइनेछ । सेवामा निष्ठा देखाउँदा मान्यता मिल्नेछ । पुरस्कार र उपलब्धिको सम्भावना छ, मिहिनेत गर्नु आवश्यक छ । कामको चाप बढ्न सक्छ, प्रेम र समझदारी कायम रहनेछ ।

मिथुन- महत्त्वपूर्ण व्यक्तिसँग भेटघाट हुनेछ, काममा सफलता मिल्ने दिन हो । जग्गा, ढुवानी वा निर्माण सम्बन्धी काममा फाइदा हुनेछ । धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी भइनेछ । बुद्धि कौशलले मान्यजनको सम्मान प्राप्त हुनेछ ।

कर्कट- आत्मिक विषय र रहस्यतर्फ रुचि बढ्नेछ, समस्याको समाधान खोज्न सकिनेछ । थकान र उत्साहमा कमी आउन सक्छ, तर हिम्मत हार्नु हुँदैन । आफन्तका लागि पनि तपाईको दृढता आवश्यक हुनेछ । सतर्क र सकारात्मक सोचले राम्रो दिशा देखाउनेछ ।

सिंह- एकान्त चाहिने मनस्थिति बन्नेछ, आफ्ना भावना साथीलाई भन्नु उपयुक्त हुन्छ । प्रतिस्पर्धी वा शत्रुसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ । खटाइ अनुसार लाभ मिल्नेछ, व्यस्तता बढी हुने दिन हो । पारिवारिक सम्बन्धलाई पनि ध्यान दिनु राम्रो हुन्छ ।

कन्या- स्वास्थ्यमा कमजोरी महसुस हुनेछ, खानपान र व्यवहारमा ध्यान दिनुपर्छ । महत्त्वाकांक्षा बढेपनि नचिताएको घाटा हुन सक्छ । साथी वा साझेदारसँग असन्तोष हुन सक्छ । घमण्ड र जिद्दी त्यागेमा बहसमा जित पाउन सकिनेछ ।

तुला- कसै प्रति आकर्षण बढ्नेछ, भावना र विचारमा सन्तुलन आवश्यक छ । बुद्धि कौशलले आम्दानी बढ्ने सम्भावना छ । शिक्षा र तालिममा ध्यान जानेछ, लभमेटसँग सम्बन्ध राम्रो रहन सक्छ । कल्पना साकार पार्ने समय हो, संवादमा संवेदनशील बन्नु उपयुक्त हुन्छ ।

वृश्चिक – हाँकेको काम रोक्नुपर्ने हुन सक्छ, तर पारिवारिक पक्ष सकारात्मक रहनेछ । कुरा काट्नेहरूको व्यवहारले खिन्नता आउन सक्छ । नयाँ लगानी रोक्नु उपयुक्त छ, सोचेर कदम चाल्नु राम्रो हुनेछ । आफ्नो समस्या अभिभावक वा साथीलाई भन्नु उपयोगी हुनेछ ।

धनु- पारिवारिक उन्नतिको शुभ समाचार सुन्न पाइनेछ । साथीभाइ वा छिमेकीसँग सहयोग र संवादमा समय बित्नेछ । व्यवसाय वा करियरमा उकासिने संकेत छन् । नयाँ कुरा सिक्ने अवसर मिल्नेछ, आत्मविश्वास बढ्नेछ ।

मकर- दैनिक कामहरू सफलता र उत्साहका साथ सम्पन्न हुनेछन् । कमाएको धन सञ्चयमा लगाउन सकिनेछ । स्वस्थ्यमा ध्यान दिनुपर्छ, बोल्दाखेरी सन्तुलन आवश्यक छ । पार्टनरको साथबाट आर्थिक राहत मिल्ने संकेत छ ।

कुम्भ- विपरीत परिस्थिति आएपनि आत्मबलले सम्हाल्न सकिनेछ । पेसागत सफलता र आत्मविश्वास बढ्नेछ । पुराना सम्बन्धहरू पुन: जोडिने सम्भावना छ । सकारात्मक समाचारले उत्साह दिनेछ, व्यापारमा फाइदा हुनेछ ।

मीन- लेनदेन र साक्षी बस्ने विषयमा सतर्कता आवश्यक छ । पठन पाठनमा मन नलागे पनि ध्यान र योगमा मन जानेछ । आर्थिक पक्ष कमजोर देखिन्छ, संयमता अपनाउनुहोस् । प्रयासमा अवरोध आउन सक्छ, धैर्य र स्थिरता जरुरी छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?