
- चितवनको भरतपुरमा बिहान मर्निङवाकमा हिँडेका ४२ वर्षीय भक्तबहादुर घले गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका छन्।
- घाइते घलेको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने गैंडाले स्थानीयको बालीनाली पनि नष्ट गरेको छ।
- घटनापछि स्थानीय त्रसित बनेका छन् र अवस्था नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जको टोली घटनास्थलतर्फ खटिएको छ।
चितवन।चितवनको भरतपुर महानगरपालिका-२५, फलेनीमा जंगली गैंडाको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्।


आज बिहान करिब ५ बजे फलेनीका ४२ वर्षीय भक्तबहादुर घले मर्निङवाकमा हिँडिरहेका बेला एक्कासी जंगली गैंडाले आक्रमण गरेको हो। गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका घलेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ।
आक्रमणपछि गैंडाले आसपासका खेतबारीमा लगाइएको बालीसमेत नष्ट गरेको स्थानीय हेमराज शर्माले बताए। घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। अहिले घटना स्थल तर्फ चितवन राष्ट्रिय निकुन्जको टोलि खटिएको निकुन्जका सुचना अविनास थापामगरले जानकारी दिए।
