
- धनुषाको रमदैयामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ।
- महोत्तरीकी नैनसी रामको उपचारको क्रममा अस्पतालमा निधन भएको हो।
- प्रहरीले दुर्घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
काठमाडौ -जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिरअगाडि आज टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृ`त्यु भएको छ।

प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले महोत्तरीको लोहारपट्टी नगरपालिका–३ निवासी रामनाथ रामकी चार वर्षीया छोरी नैनसीलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
टिपरको ठक्ककरबाट गम्भीर घाइते भएकी नैनसीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए।
