फरिदाबादमा सम्पन्न भयो मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित भव्य क्रिकेट प्रतियोगिता

नयाँ दिल्ली  — मदन भण्डारी स्पोर्ट्स एकेडेमी (भारत) द्वारा आयोजित दुईदिने भव्य क्रिकेट प्रतियोगिता बाबा सूरदास क्रिकेट मैदान, फरिदाबादमा  अप्रिल १२ र १३ गते सम्पन्न भएको छ। नेपाली खेलाडीहरूको प्रतिभा प्रदर्शन तथा खेलकुद क्षेत्रको उन्नयन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता निकै उत्साहपूर्वक सम्पन्न भएको हो।

Workplace

प्रतियोगिता ‘नकआउट’ प्रणालीअनुसार १० ओभरको खेलमा सम्पन्न भयो, जहाँ विभिन्न नेपाली समुदायका टोलीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा ‘अर्घाखाँची वारियर्स’ प्रथम स्थान हासिल गर्न सफल भयो भने ‘गोरखा वारियर्स’ दोस्रो स्थानमा रह्यो।

विजेता टोलीलाई नगद रु ५१,००० र उपविजेतालाई रु २१,००० को पुरस्कार प्रदान गरिएको थियो। साथै, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ पुरस्कार स्वरूप रु ५०० प्रदान गरिएको थियो।

समापन समारोहमा हरियाणा सरकारका मन्त्री राजेश नागर, नेपाली दूतावासबाट सांस्कृतिक काउन्सेलर गोकुल बस्नेत, एकेडेमीका प्रवास इन्चार्ज गोपाल थापा तथा प्रमुख प्रायोजक प्रभु मनी इंडिया प्रतिनिधि सुरेश भण्डारीसहित अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

पुरस्कार वितरण नेपाली दूतावासका सांस्कृतिक काउन्सेलर गोकुल बस्नेत, स्थानीय सरकारका पूर्व निगम पार्षद तथा एकेडेमीका प्रवास इन्चार्ज गोपाल थापाले संयुक्त रूपमा गरेका थिए।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले स्थापना काल सन् २०१७ देखि नै हरेक वर्ष भलिबल तथा क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको  आयोजक समितिले बताएको छ , जसले नेपाली समुदायमा खेलकुदप्रतिको आकर्षण बढाउन उल्लेखनीय भूमिका खेल्दै आएको संस्थाका कोष अध्यक्ष  तुल्सी राम पुनले बताएका   छ्न ।

तस्बिर सहित

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?