
- नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ।
- छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० कायम भएको छ।
- चाँदीको मूल्यमा पनि प्रतितोला ३५ रुपैयाँको वृद्धि भई ४ हजार ६५५ पुगेको छ।
काठमाडौ – नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ।
मूल्य वृद्धिसँगै आइतबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आइतबार चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर ४ हजार ६५५ रुपैयाँ पुगेको छ। शुक्रबार भने चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६२० रुपैयाँमा सीमित भएको थियो।
