
समाचार सारांश
Auto Generated by AI
- कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका अधिकृत चक्रदेव भट्ट जिम्मेवारीबाट हटाइएका छन्।
- सशस्त्र प्रहरी एसपी खुमबहादुर केसीसँगको विवादबारे थप अध्ययन गर्न उनलाई विभागमा बोलाइएको छ।
- भन्सार पास भएको गाडी छाड्न भन्दै उनले गृहमन्त्री र आइजीपीलाई धम्की दिएको अडियो बाहिरिएको थियो।
काठमाडौ – कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीसँग उत्पन्न विवादबारे थप बुझ्नुपर्ने भन्दै भन्सार विभागले भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाएको हो ।
भन्सार विभागका अनुसार भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाएर त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन पत्राचार गरिएको हो ।
विवादसम्बन्धी सार्वजनिक भएका विवरणमाथि थप अध्ययन तथा बुझाइ आवश्यक रहेकाले विभागले घटनाबारे थप आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।
भन्सार पास भएर आएको भारतीय गाडी समातेको विषयमा कैलालीका सशस्त्र प्रहरी प्रमुख केसीलाई भन्सार कार्यालयका अधिकृत भट्टले थर्काएका थिए।
सशस्त्रले रोकेको गाडी तत्काल नछोडेको खण्डमा उनले गृहमन्त्रीदेखि आइजीपीसम्मलाई ‘फोन लगाउने’ भन्दै धम्की दिएको अडियो सार्वजनिक भएको थियो ।
