मुगुको खत्याडमा आगलागी: शिपचन्द्र बुढाको घर जलेर पूर्ण रूपमा नष्ट, बिहान मात्रै आगो नियन्त्रणमा

समाचार सारांश
Auto Generated by AI
  • मुगुको खत्याड गाउँपालिका–२ सेरि गाउँमा गएराति शिपचन्द्र बुढाको घरमा भीषण आगलागी भएको छ।
  • प्रहरी र स्थानीयको प्रयासले बिहान मात्र आगो नियन्त्रणमा आए पनि घरसहित भित्रका सबै सामान जलेर नष्ट भएका छन्।
  • पीडित परिवार बिचल्लीमा परेकाले तत्काल राहत र सहयोगका लागि स्थानीयले सम्बन्धित निकायसँग अपिल गरेका छन्।

रतन बहादुर रावल मुगु-मुगु जिल्लाको खत्याड गाउँपालिका वडा नं. २ स्थित सेरि गाउँमा गएराति आगलागी भएको छ। स्थानीय प्रज्वल पारखीका अनुसार गएराति करिब ११:४५ बजे स्थानीय शिपचन्द्र बुढाको घरमा अचानक आगलागी भएको हो।गैरातीदेखि सल्किएको आगो आज बिहान मात्रै पूर्ण रूपमा नियन्त्रणमा आएको छ।

Workplace

 

श्रीकोट प्रहरी चौकीका सुरक्षाकर्मी, वडा अध्यक्ष तथा स्थानीय बासिन्दाहरूको रातभरिको अथक प्रयासपछि बिहान आगो नियन्त्रणमा लिइएको स्थानीयले जानकारी दिएका छन्।आगलागीबाट बुढाको घर तथा घरभित्र रहेका सम्पूर्ण लत्ताकपडा, अन्नपात, भाँडाकुँडा र महत्वपूर्ण कागजातहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

 

रातको समयमा अचानक आगो लागेकाले घरभित्रका कुनै पनि सामान सुरक्षित रूपमा बाहिर निकाल्न नसकिएको बताइएको छ। यस दुःखद घटनाले पीडित परिवारलाई ठूलो आर्थिक र मानसिक पीडा पुर्‍याएको छ।

 

आगलागीबाट के कति परिमाणको क्षति भयो भन्नेबारे विस्तृत विवरण र क्षतिको यकिन मूल्याङ्कन आउन भने अझै बाँकी रहेको प्रहरीले जनाएको छ।विपत्तिका कारण हाल पीडित परिवारको बिचल्ली भएको भन्दै स्थानीयवासीले सम्बन्धित सरकारी निकाय, जनप्रतिनिधि, रेडक्रस तथा सहयोगी मनहरूसँग तत्काल आवश्यक खाद्यान्न, लत्ताकपडा र अस्थायी आवासका लागि राहत सामग्री उपलब्ध गराइदिन हार्दिक अपील गरेका छन्।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?