राष्ट्रपति पाैडेलद्वारा इन्द्रजात्रा अवलाेकन

समाचार सारांश
Auto Generated by AI
  • राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपुरमा पुगेर इन्द्रजात्रा तथा रथयात्राको अवलोकन गर्नुभएको छ।
  • अवलोकनका क्रममा राष्ट्रपतिसँगै उपराष्ट्रपति, मन्त्रीगण र विभिन्न देशका पाहुनाहरूको पनि उपस्थिति रहेको थियो।
  • सांस्कृतिक पर्वको अवसरमा राष्ट्रपति पौडेल जुद्ध शालिकदेखि गद्दी बैठकसम्म पैदलै हिँडेर पुग्नुभएको थियो।

काठमाडौ – राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डाैकाे वसन्तपुर डबलीमा पुगेर इन्द्रजात्राकाे अवलोकन गर्नुभएको छ ।

Workplace

उहाँले आज इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गर्नुभएको हो ।

राष्ट्रपति पाैडेलकाे साथमा जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, मन्त्री मण्डलका सदस्यहरूको उपस्थिति रहेको थियो ।

साथै विभिन्न देशका पाहुनासमेत इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुर पुग्नुभएको थियो ।

सांस्कृतिक एवम् ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध शालिकदेखि पैदल हिँडेर हनुमाढोका दरबार क्षेत्रमा रहेकाे गद्दी बैठकसम्म पुग्नुभएको थियो ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?