फूलगुच्छाको परम्परालाई तोड्दै प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान

काठमाडौं।कार्यकारी प्रमुख विदेश जाँदा विमानस्थलमा देखिने सेनाको सलामी, रातो कार्पेट, मन्त्रीहरूको लावालश्कर र फूलगुच्छाको परम्परालाई तोड्दै प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरे।

Workplace

संयुक्त राष्ट्रसङ्घको ८१ औं महासभामा भाग लिन गएका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण बाहिरबाट जति सादगी देखियो, उति नै संसद्लाई छलेर र परम्परागत कूटनीतिक परामर्शबिना उडेको भन्दै आलोचनाको घेरामा पनि पर्‍यो।

विमानस्थलमा देखिएको दृश्य विगतका सरकार प्रमुखहरूको भन्दा विल्कुलै भिन्न थियो। राष्ट्रिय पोसाक दौरा-सुरुवाल छाडेर कोट, पाइन्ट र स्पोर्ट्स सुजमा सजिएका प्रधानमन्त्रीलाई न त सेनाले सलामी दिए, न त कुनै औपचारिक बिदाइ समारोह नै राखियो।

अन्य सर्वसाधारण यात्रु जहाज चढिसकेपछि मात्र बालुवाटारबाट निस्किएका उनलाई बिदाइ गर्न गृहमन्त्री सुदन गुरुङ र पर्यटनमन्त्री खडकराज पौडेल मात्र विमानस्थल पुगेका थिए। उनीहरूको हातमा समेत कुनै फूलगुच्छा थिएन।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन अनौपचारिक पोसाकमै सामान्य कक्षबाट जहाज छिरे भने कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेले बालुवाटारमै पुस्तक उपहार दिएर बिदाइ गरे। विगतमा प्रधानमन्त्रीहरूले पत्नीलाई साथै लैजाने गरे पनि बालेन यसपटक एक्लै गए।

तर, विमानस्थलको सादगीभन्दा बढी प्रधानमन्त्रीले सार्वभौम संसद्प्रति बेवास्ता गरे। यसअघि तत्कालीन प्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेश जानुअघि संसद्‌मा उपस्थित भएर भ्रमणका एजेन्डा सार्वजनिक गर्ने स्थापित थिति थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?