आगो लगाउनुअघि चालकले भनेका थिए, मेरो गल्ती छैन

समाचार सारांश
Auto Generated by AI
  • ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागी र ट्राफिकसँगको विवादबारे छानबिन गर्न समिति गठन भएको छ।
  • प्रारम्भिक अनुसन्धानमा चालक दावा लामाले नै आफैंमाथि आगो लगाएको खुलेको छ।
  • गम्भीर घाइते चालक लामाको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौ -ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागी र उक्त घटनासँग ट्राफिक प्रहरीको संलग्नतामाथि छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ ।

Workplace

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

उपत्यका प्रहरी कार्यालयस्रोतका अनुसार उक्त समितिले आगलागी हुनुपूर्व गाडीका चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको संवाद, त्यससँग सम्बन्धित सीसीटीभी फुटेजको अध्ययन र सामाजिक सञ्जालमा भाइरल भएका दृश्यहरूको विश्लेषण गर्दै छानबिनको काम अगाडि बढाइने भएको छ ।

त्रिपुरेश्वरमा आगलागी भएको बसका चाललकको अवस्था गम्भीर रहेको छ।

सोमबार मध्याह्न बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा बस चालक २५ वर्षीय दावा लामा घाइते भएका थिए। उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

उनको शरीरको अधिकांश भाग जलेको र अवस्था गम्भीर रहेको अस्पताल स्रोतले बतायो। लामा काभ्रेका हुन्। बसमा आगलागी भएपछि प्रहरीले बसको ढोका फोडेर उनलाई उद्धार गरेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा लामा आफैँले बसमा आगो लगाएको खुलेको छ।

बसमा किन आगलागी भएको भन्नेमा प्रहरीले अनुसन्धान गर्दैछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?