
- नेपाली बजारमा आज सुनको मूल्य तोलामा १३०० रुपैयाँले घटेको छ।
- सुनको मूल्य घटेर आज प्रतितोला ३ लाख ३ हजार ९०० रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेर ४ हजार ५ रुपैयाँ पुगेको छ।
काठमाडौ – नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य भने सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो।
यसैबीच, सोमबार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले वृद्धि भई ४ हजार ५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
अघिल्लो दिन आइतबार पनि चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो।
