रास्वपा सांसद अमरेशकुमार सिंहले ‘मेची-महाकाली’ पदयात्रा गर्ने

समाचार सारांश
Auto Generated by AI
  • सांसद अमरेशकुमार सिंहले छठ पर्वलगत्तै मेची-महाकाली पदयात्रा सुरु गर्ने घोषणा गर्नुभएको छ।
  • जनकपुरबाट सुरु हुने यस यात्राको उद्देश्य जनताको समस्या सुन्दै समाजलाई जोड्नु रहेको छ।
  • यात्राका क्रममा उहाँले मधेशको शिक्षा, स्वास्थ्य र विकासका आधारभूत आवश्यकता बुझ्ने बताउनुभएको छ।

काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले छठ पर्वलगत्तै मेची-महाकाली पदयात्रा सुरु गर्ने घोषणा गर्नुभएकाे छ ।

Workplace

जनकपुरधामबाट सुरु हुने पदयात्रालाई उहाँले मधेशलाई नजिकबाट बुझ्ने र समाजलाई जोड्ने अभियानका रूपमा अघि बढाउने बताउनु भयाे ।

- Advertisement -Workplace

आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै सिंहले छठको पारनका दिन गंगासागरमा अर्घ्य दिएपछि पदयात्रा सुरु गर्ने जानकारी दिनुभयो ।

उहाँकाअनुसार जनकपुरधामबाट गाग्रोमा माटो र पानी लिएर सुरु हुने पदयात्रा माघेसंक्रान्तिका दिन महाकाली नदीमा जौ-तिल विसर्जन गरेर टुंग्याइनेछ ।

सिंहले पदयात्राको मुख्य उद्देश्य जनतासँग प्रत्यक्ष संवाद गर्नु रहेको बताउनुभयाे ।

आफूले यात्राका क्रममा कम बोल्ने र जनताको कुरा बढी सुन्ने उहाँको भनाइ छ ।

दैनिक पाँच घण्टा हिँड्ने र सात घण्टा जनताको कुरा सुन्ने योजना सुनाउँदै उहाँले पदयात्रालाई जनताका समस्या, अपेक्षा र सुझाव बुझ्ने माध्यमका रूपमा अघि बढाउने बताउनुभयाे ।

सिंहले आफ्नो पदयात्राको मूल सन्देश ‘समाज जोड्नुपर्छ’ रहेको बताउनुभयाे । राजनीति समाजलाई विभाजित गर्न नभई जोड्न र देशको समृद्धिका लागि काम गर्नुपर्ने उहाँको धारणा छ ।

उहाँले मधेशमा शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, सुरक्षा र सरसफाइ गरी ‘६ वटा स’ मा परिवर्तन आवश्यक रहेको पनि बताउनुभयाे ।

पदयात्राका क्रममा यी विषयसँगै जनताका दैनिक समस्या र स्थानीय आवश्यकता बुझ्ने उहाँको भनाइ छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?