
- आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेको छ।
- नयाँ मूल्य अनुसार सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्यमा पनि २० रुपैयाँले वृद्धि भई प्रतितोला ४ हजार ७९५ रुपैयाँ पुगेको छ।
आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार २ हजार १०० रुपैयाँले बढेको हो ।
त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६१ हजार ६६० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि बढेको छ ।
शुक्रबार प्रतितोला ४ हजार ७७५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रतिदश ग्राम चाँदीको मूल्य ४ हजार ११० रुपैयाँ ५० पैसा कायम भएको छ ।
