यी हुन् आज दिनभरका समाचार

समाचार सारांश
Auto Generated by AI
  • देशभर मनसुनी र पश्चिमी वायुको प्रभावले केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
  • रसुवाको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा फेला परेका १८ जनाको शव निकालिएको छ भने बेपत्ता पत्रकार टेकराज थामीको अन्त्येष्टि गरिएको छ।
  • नेपालमा आज संविधान दिवस मनाइँदै छ भने नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनहरू सुरु हुँदैछन्।

राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आजदिनभरका समाचार 

Workplace

१.हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ।जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी भू-भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।देशको तराई भू-भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।आज राति देशका हिमाली र पहाडी भू-भागमा साधरणतया बादल तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको तराई भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

२. भोटेकोशी बाढीपछि सुरुङभित्र हराइरहेका मजदुरमध्ये १८ जनाको शव फेला परेको छ।खोज तथा उद्धारका क्रममा अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट आज १८ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।आयोजनाको ९.८ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट करिब साढे पाँच किलोमिटर उत्तरतर्फ दल्दुङ खोलास्थित अडिट–३ को करिब १०० मिटरभित्र सुरुङमा शव फेला परेको अपर त्रिशूली–१ का सामाजिक विज्ञ हर्क तामाङले जानकारी दिए। खोज उद्धारका लागि नेपाली सेना र जलविद्युत् कम्पनीका कर्मचारी रहेको विज्ञ तामाङले बताए।उक्त क्षेत्रमा बिहीबार पनि छ जना मजदुरको शव फेला परेको प्रहरी प्रमुख थापाले बताए। त्यसपछि खोज तथा उद्धारकार्यलाई निरन्तरता दिँदा थप शव फेला परेका हुन्।बाढीका समयमा आयोजनाको सुरुङभित्र कामका लागि कति जना मजदुर प्रवेश गरेका थिए भन्ने एकिन विवरण अझै प्राप्त नभएको प्रहरीले जनाएको छ। फेला परेका शवको पहिचान तथा सनाखत गर्ने कार्य बाँकी रहेको प्रहरीको भनाइ छ। बाढीका कारण आयोजनाको निर्माणाधीन संरचनामा क्षति पुगेपछि सुरुङभित्र फसेका तथा बेपत्ता मजदुरको खोजी तथा उद्धारकार्य जारी राखिएको थियो।दुई सय १६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजना रसुवामा निर्माणाधीन महत्त्वपूर्ण जलविद्युत् आयोजना हो। सुरुङभित्र बेपत्ता मजदुरको खोजीका क्रममा शव फेला पर्न थालेपछि आफन्त तथा आयोजनासँग सम्बन्धित पक्षमा शोकमा डुबेका छन्।

३. नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्नुपर्नेमा जोड दिनुभएको छ ।संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै उहाँले मुलुकलाई जोगाउन संविधानका पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको हो ।लोकतान्त्रिक, वामपन्थी, देशभक्तिपूर्ण तथा विभिन्न वर्ग, क्षेत्र र समुदायका आन्दोलनका क्रममा शहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष ओलीले संविधान जारी भएलगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरित गरेको स्मरण गर्नुभएको छ ।संविधान निर्माणका कठिन घडी सामना गर्दै आफ्नो पार्टी नेतृत्वको सरकारले छोटो समयमै कानुन निर्माण तथा संरचनात्मक विकासमार्फत संविधान कार्यान्वयनको चरणमा लगेको दाबी पनि उहाँले गर्नुभएको छ ।

४. आज संविधान दिवस मनाइँदै छ । २०७२ साल असोज ३ गते संविधान सभाबाट संघीयतासहितको नेपालको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ ।संविधान दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । काठमाडौंमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहने गरेको छ ।संविधान दिवसका अवसरमा प्रदेश तथा स्थानीय सरकारले पनि विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् । यस्तै, गणतन्त्रवादी राजनीतिक दल, विभिन्न संघसंस्था तथा नागरिकस्तरबाट समेत छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी दिवस मनाइँदै आएको छ ।दिवसको अवसरमा विभिन्न राजनीतिक दलका नेता तथा अन्य विशिष्ट व्यक्तिहरूले शुभकामना सन्देशसमेत जारी गरेका छन् ।

५. अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसविरुद्ध प्रतिबन्धसम्बन्धी विधेयकमा शुक्रबार हस्ताक्षर गरेका छन्।यो नयाँ कानुनले अमेरिकाका राष्ट्रपतिलाई रुसका तेल र प्राकृतिक ग्यासका प्रमुख ऊर्जा खरिददार पाँच मुलुकलाई १०० प्रतिशतसम्म भन्सार महसुल लगाउने अधिकार दिन्छ। जसमा भारत र चीन पनि पर्छन्।यद्यपि विधेयकले स्वचालित रूपमा भारत वा चीनलाई १०० प्रतिशत शुल्क लगाउने छैन, यसले राष्ट्रपति ट्रम्पलाई त्यसो गर्न अधिकार दिन्छ।विधेयक अमेरिकाको संसदले यसअघि नै पारित गरिसकेको छ।४८ पृष्ठको विधेयकमा रुसबाट आफ्नो प्राकृतिक ग्यास आवश्यकताको १५ प्रतिशतभन्दा कम आयात गर्ने र रुसमा आफ्नो निर्भरता कम गर्न काम गरिरहेका देशहरूका लागि छुट समावेश छन्।यसका साथै विधेयकमा राष्ट्रपति भ्लादिमिर पुटिनका साथ रुसका वरिष्ठ सरकारी अधिकारी, बैंक तथा अन्य वित्तीय संस्थाविरुद्ध प्रतिबन्ध समावेश छन्।विद्यमान प्रतिबन्धबाट बच्न प्रयोग गरिने रुसका जहाजमा पनि प्रतिबन्ध लगाइएको छ।

६. नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबारदेखि स्थानीय अनुकूलताअनुसार वडा अधिवेशनहरू सुरु हुँदैछन्। विसं २०८३ को निर्वाचन निर्देशिका र परिमार्जित विधान अनुसार सुरु हुन गइरहेको यस अधिवेशनमा विसं २०८२ पुससम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यहरूले भाग लिनेछन्।सभापति गगन थापाले उत्साहका साथ अधिवेशनमा सहभागी हुन आह्वान गरिसकेका छन्। वडा अधिवेशनले एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित गर्नेछ भने निर्वाचित वडा सभापतिले कार्यसमितिबाट एक कोषाध्यक्ष मनोनीत गर्नेछन्।स्थानीय तहको स्वरूपअनुसार गाउँपालिका वडाबाट ७ जना, नगर तथा उपमहानगर वडाबाट ८ जना र महानगरपालिका वडाबाट ११ जना सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन्। यसका अलावा समावेशी सिद्धान्त र एकतिहाइ महिला प्रतिनिधित्व सुनिश्चित हुने गरी वडा सभापतिले गाउँमा ५, नगर/उपमहानगरमा ६ र महानगरमा ७ जना सदस्य मनोनीत गर्न पाउने वैधानिक व्यवस्था छ।वडा अधिवेशनबाटै क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू समेत चयन हुनेछन्। १५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडाबाट कम्तीमा तीन महिला, एक श्रमिक/पेसागत र ३० वर्ष मुनिका ३ युवासहित ९ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्।१५० भन्दा बढी क्रियाशील सदस्य भएमा प्रति १५० थप सदस्य बराबर बढीमा ५५ को सीमाभित्र रही ६ जना थप प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने प्रावधान छ। साथै, जनसंख्याको बनोटअनुसार ५० प्रतिशत समानुपातिक प्रतिनिधित्व तथा अपाङ्गता भएका र दलित क्रियाशील सदस्यबाट एक/एक जना प्रतिनिधि निर्वाचित हुनेछन् भने वडा सभापति स्वतः पदेन क्षेत्रीय प्रतिनिधि हुनेछन्।नयाँ वैधानिक व्यवस्था अनुसार वडा सभापति, पालिका सभापति, जिल्ला सभापति र केन्द्रीय सभापतिको उम्मेदवारीका लागि विधानमा कुनै विशिष्ट योग्यता तोकिएको छैन। यद्यपि, १५औं महाधिवेशन निर्वाचन निर्देशिका, २०८३ ले अन्य पदहरूका लागि योग्यता निर्धारण गरेको छ।

७. भारतले भोटेकोसी विपद्‌मा सहयोगका लागि निरन्तर राहत सामग्री पठाइरहेको छ। यसै क्रममा आज पनि औषधिल, अत्यावश्यक सामग्रीसहित थप ११ टन राहत नेपाल पठाइएको भारतका विदेशमन्त्री एस जयशंकरले जानकारी दिएका छन्।उनका अनुसार आज औषधि, फरेन्सिक सामग्री, पाल, सरसफाइ सामग्री, स्लिपिङ ब्याग र अन्य अत्यावश्यक सामग्री नेपाल पठाइएको हो। 

८. माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण हराइरहेकामध्ये ११ जनाको शव निकालिएको हो ।आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट–३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा फेला परेका ११ वटा शव निकालिएको नेपाली सेनाले जनाएको छ ।थप खोजी कार्य जारी रहेको सेनाले बताएको छ।

९. भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।नयाँ पत्रिका दैनिकका पत्रकार थामी गत भदौ १० गतेदेखि सम्पर्कविहीन भएका थिए। दोलखाको कालीञ्चोक गाउँपालिका-२, बाबरेमा २०४२ साल जेठ १४ गते जन्मिएका थामीको प्रतीकात्मक शवमा उनका पिता डीलबहादुर थामीले दागबत्ती दिए।दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय थामीले कलमका माध्यमबाट गरेको योगदानको स्मरण गरिएको छ।पत्रकारितामा स्नातकोत्तर ४१ वर्षीय थामीले एचबिसी एफएम, सगरमाथा टेलिभिजन, एबिसी टेलिभिजन हुँदै नयाँ पत्रिकामा लामो समय काम गरेका थिए। उनले बागीश्वरी क्याम्पस र समृद्धि क्याम्पसमा पत्रकारिताको अध्यापन गर्नुका साथै पत्रकारिता प्रशिक्षण तथा लेखनमा समेत आफूलाई सक्रिय राखेका थिए।गोरखापत्र दैनिकको थामी भाषा पृष्ठका संयोजकसमेत रहेका टेकराज नेपाल पत्रकार महासङ्घ र प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्यका साथै नेपाल थामी समाजका पूर्वउपाध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का पूर्वकोषाध्यक्ष थिए।चीनको स्वशासित क्षेत्र सिचाङको केरूङमा भदौ १० गतेका निम्ति निर्धारित ‘साउथ एसिया रिसर्च सेन्टर इन साउथवेष्ट चाइना’ कार्यक्रममा सहभागी हुन पत्रकार थामी भदौ ९ गते साँझ आफ्नै मोटरसाइकलबाट रसुवाको धुन्चे हुँदै रसुवागढी पुगेका थिए।पत्रकार थामीको कुशको शवमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले महासङ्घको झण्डा ओढाएकी थिइन् भने नेपाल थामी समाजका अध्यक्ष रणबहादुर थामीलगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए।

१०. संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ ।परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउनुहुनेछ । साथै, परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्नुहुने कार्यक्रम छ ।नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ६ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले महासभामा असोज ८ गते सम्बोधन गर्नुहुनेछ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?