
- रसुवाको भोटेकोसीमा आएको बाढीले बेपत्ता भएका ११ जनाको शव फेला परेको छ।
- आयोजनाको अडिट–३ टनेलको जाली र हिलोमा फसेको अवस्थामा शव निकालिएको हो।
- हराइरहेका अन्य व्यक्तिहरूको खोजी कार्य अझै जारी रहेको नेपाली सेनाले जनाएको छ।
काठमाडौं।माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।

भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण हराइरहेकामध्ये ११ जनाको शव निकालिएको हो ।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट–३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा फेला परेका ११ वटा शव निकालिएको नेपाली सेनाले जनाएको छ ।
थप खोजी कार्य जारी रहेको सेनाले बताएको छ ।
