स्थानीय तहकाे निर्वाचन फागुनमा गर्ने तयारी

समाचार सारांश
Auto Generated by AI
  • निर्वाचन आयोगले फागुनको अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ।
  • जनप्रतिनिधिको कार्यकाल सकिनु दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ।
  • आयोगले अहिले मतदाता नामावली अद्यावधिक गर्ने काम गरिरहेको छ।

काठमाडौ – निर्वाचन आयोगले आगामी फागुनको अन्तिम सातासम्म स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने तयारी गरेकाे छ। का कानुनी व्यवस्थाअनुसार निर्वाचनको तयारी भइरहेको आयोगका आयुक्त राजीव सुब्बाले बताए ।

Workplace

सुब्बाका अनुसार स्थानीय तहका वर्तमान जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी प्रावधान छ ।

आयोगले आफ्नोतर्फबाट आवश्यक तयारी अघि बढाइसकेको र अब सरकारसँग निर्वाचनसम्बन्धी आवश्यक समन्वय गर्न बाँकी रहेको उनको भनाइ छ।

उनका अनुसार अहिले मतदाता नामावली अद्यावधिक गर्ने काम भइरहेको छ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को परिच्छेद–२ अन्तर्गतको व्यवस्थाअनुसार गाउँ सभा वा नगर सभाका सदस्यको निर्वाचन सम्बन्धित सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि सम्पन्न गर्नुपर्ने हुन्छ। रासस

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?