
- रसुवाको माथिल्लो त्रिशूली–१ सुरुङबाट ६ वटा शव फेला परेका छन्।
- भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजीका क्रममा शव भेटिएका हुन्।
- उद्धार टोलीले सुरुङभित्र थप खोजी कार्य जारी राखेको छ।
काठमाडौं।रसुवास्थित माथिल्लो त्रिशूली– १ को टनेलबाट ६ वटा शव निकालिएको छ।

भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको हो।उद्धार टोलीले सुरुङभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शव फेला पारेको हो।उक्त क्षेत्रमा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ।
