धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घा`इ`ते

समाचार सारांश
Auto Generated by AI
  • धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
  • घाइते दुवै जनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
  • प्रहरीले दुवै सवारी साधन र ट्यांकर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

काठमाडौ – धनकुटाको साँगुरीगढी गाउँपालिका-६, सेल्फीडाँडामा मंगलबार दिउँसो गुडिरहेको माइक्रो र ट्यांकर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

Workplace

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहान करिब ११ः३० बजेको समयमा कोसी लोकमार्गअन्तर्गत सेल्फीडाँडामा सवारी दुर्घटनामा परेको हो।

धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको प्र.१-०२-००१ ज ४४४१ नम्बरको गाडी र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ७५२० नम्बरको ट्यांकर एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा परी माइक्रो चालक तेह्रथुम फेदाप गाउँपालिका-१ बस्ने ४२ वर्षीय सञ्जय मास्के र ईभीमा सवार भोजपुर पौवादुम्मा गाउँपालिका ३ चम्ताम बस्ने ३८ वर्षीय कुल प्रसाद थापा मगर घाइते भएको प्रहरीले जनाएको छ।

चालक मास्केको शरीरका विभिन्न भाग र खुट्टामा चोट लागेको छ भने सवार मगरको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

दुवै घाइतेको अवस्था मध्यम रहेको बताइएको छ।

घटनास्थलमा तत्कालै इलाका प्रहरी कार्यालय भेडेटार, धनकुटाबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।

प्रहरीले ईभी गाडी, ट्यांकर र मोरङ पथरी शनिश्चरे नगरपालिका-८ मिलन चोक बस्ने ३८ वर्षीय ट्यांकर चालक कृष्णकुमार मगरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?