
- मुगुका नगरप्रमुख विष्णुकुमार भामले नेपाली कांग्रेसको संस्थापन पक्षलाई साथ दिने घोषणा गर्नुभएको छ।
- पार्टीभित्रको विवाद मिलाउन क्रियाशील सदस्यता र इतर समूहको सम्मानजनक समायोजनमा सहमति जुटेको छ।
- नगरप्रमुख भामले निर्वाचन आयोग र अदालतको निर्णय स्वीकार्दै सबैलाई वडा अधिवेशनमा सक्रिय हुन आह्वान गर्नुभएको छ।
रतन बहादुर रावल मुगु- मुगुको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले नेपाली कांग्रेसको आधिकारिकता बकेको सानेपा (संस्थापन पक्ष) लाई साथ दिने घोषणा गर्नुभएको छ। पार्टीभित्रको आन्तरिक मतभेद र विवादका बीच आफ्नो मार्गचित्र स्पष्ट पार्दै नगरप्रमुख भामले रुख चिह्न र चार तारे झण्डाप्रतिको आफ्नो निष्ठा अक्षुण्ण रहने बताउनु भएको हो। बेर अघि मात्रै आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा लेख्दै।”पार्टीमा मतभेद होला आफ्नो ठाउँमा होला, तर हामीले मान्ने भनेको रुख र चार तारे झण्डा हो,” भन्दै उहाँले जहाँ रुख र झण्डा हुन्छ, त्यहाँ आफू रहने स्व-विवेकपूर्ण निर्णय सार्वजनिक गर्नुभएको छ। रुख चिह्नबाट निर्वाचित जनप्रतिनिधि भएकाले आफू अहिले सानेपाको संस्थापन पक्षसँगै उभिने उहाँले स्पष्ट पार्नुभयो।पार्टीभित्रको आन्तरिक समायोजन र विवाद समाधानका सन्दर्भमा उहाँले निम्नलिखित महत्त्वपूर्ण बुँदाहरू सार्वजनिक गर्नुभएको छ:

क्रियाशील सदस्यता विवाद समाधान: पुस १९ गतेभित्र बन्द सूचीमा नवीकरण भएका क्रियाशील सदस्यहरूको समस्या समाधान भएको छ। अब उनीहरूले आसन्न वडा अधिवेशनमा भाग लिन पाउने निर्णय भएको छ।
इतर समूहको सम्मानजनक समायोजन: १४ौँ महाधिवेशनबाट निर्वाचित भएका इतर समूहका सबै केन्द्रीय सदस्यहरूलाई सानेपामा समायोजन गर्ने निर्णय गरिएको छ। साथै, कार्यसम्पादन समिति र अन्य सबै समितिहरूमा इतर समूहलाई सन्तुलित र सम्मानजनक स्थान (सम्मान गठन) दिइने भएको छ। इतर समूहले अघि सारेका ७ बुँदामध्ये ५ वटा बुँदालाई सानेपाले आत्मसात् गरिसकेको छ।
अदालत र निर्वाचन आयोगको फैसला स्वीकार्य: आधिकारिकताका सम्बन्धमा निर्वाचन आयोग र सर्वोच्च अदालतको फैसला बमोजिम ‘रुख’ चिह्न सानेपामै रहेको र अदालतको आदेशलाई सबैले स्वीकार्नुपर्ने उहाँको भनाइ छ। विचाराधीन अवस्थामा रहेको पुनरावलोकन मुद्दाको फैसला जे आए पनि त्यसलाई स्वीकार गरिने प्रतिबद्धता उहाँले जनाउनुभएको छ।
महाधिवेशनको बाटो खुला: नेपाली कांग्रेस सानेपाले तय गरेको १५ौँ महाधिवेशनको कार्यतालिका विरुद्ध इतर पक्षले दिएको महाधिवेशन रोक्ने रिट निवेदन अदालतबाट खारेज भएको छ।
“पार्टी रहे मात्र हामी रहन्छौँ, पार्टी नै नरहे हामी कहाँ रहने?” भन्दै नगरप्रमुख भामले देशलाई जोड्ने र सबै अटाउने कांग्रेस बनाउन पार्टी मिल्नुको विकल्प नरहेको औँल्याउनुभएको छ। उहाँले सम्पूर्ण कांग्रेसीजनहरूलाई आगामी असोज ३ र ४ गते हुन गइरहेको वडा अधिवेशनमा सक्रियताका साथ लाग्न हार्दिक आह्वान समेत गर्नुभएको छ।
