चीनले कहिल्यै अरू देशको विकास रोक्दैन्

समाचार सारांश
Auto Generated by AI
  • चीनले अरूको विकास रोक्ने नभई सँगै अघि बढ्न सहयोग गर्ने दाबी गरेको छ।
  • बीआरआई र प्रविधिमार्फत ग्लोबल साउथका देशलाई विकासमा सघाएको चीनको भनाइ छ।
  • चीनले पारस्परिक लाभ र साझा विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

चीनले कहिल्यै अरू देशको विकास रोक्न भर्‍याङ तान्ने नभई सँगै अघि बढ्न भर्‍याङ बनाउने गरेको दाबी गरेको छ।

Workplace

बेइजिङले आफ्नै विकासलाई मात्र ध्यान दिएको र ग्लोबल साउथका अन्य देशको विकासका लागि ‘भर्‍याङ तानिरहेको’ भन्ने टिप्पणीको जवाफमा विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले यस्तो बताएकी हुन्।

- Advertisement -Workplace

उनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत चीनले साझेदार देशलाई पूर्वाधारको खाडल पूरा गर्न सहयोग गरिरहेको बताइन्। साथै, निङले सस्तो औद्योगिक उपकरण तथा प्रविधि उपलब्ध गराएर र अनुभव तथा विशेषज्ञता बाँडेर ती देशको औद्योगिक विकासको लागत घटाउन सहयोग गरेको उल्लेख गरिन्।

उनका अनुसार चीनको शून्य–ट्यारिफ नीति र ‘चीनमा निर्यात गर्नुहोस्’ पहलले ग्लोबल साउथका देशलाई बजार अवसर सिर्जना गर्न र विश्वव्यापी आपूर्ति शृङ्खलामा जोडिन सहयोग गरेको छ।

‘चीनका लागि अन्य देशसँगको सहकार्य सधैँ पारस्परिक सफलताका लागि हो। भर्‍याङ तान्ने भन्ने कथनको ग्लोबल साउथका देशसँग कुनै मेल छैन,’ माओले भनिन्।

चीनले आगामी दिनमा पनि पारस्परिक लाभ र साझा विकासलाई प्राथमिकता दिँदै ग्लोबल साउथका देशको भरपर्दो साझेदार बन्ने उनले जानकारी गराइन्। एजेन्सी

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?