
- धादिङको खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
- गल्छीबाट सिम्लेतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
- मृत्यु हुनेमा गल्छी गाउँपालिका-५ का दिनेश तामाङ र हरी तामाङ रहेका छन्।
काठमाडौं ।पृथ्वीराजमार्ग अन्तर्गत धादिङको -२ खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको हो । धादिङको गल्छीबाट सिम्लेतर्फ जाँदै गरेको बा५७प ४३२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा धादिङ को गल्छी गाउँपालिका-५ का दिनेश तामाङ र हरी तामाङ रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
