युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • ठमेलमा युवतीमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ परेका छन्।
  • सम्बन्धित भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
  • आरोपीमाथि थप अनुसन्धान र कानुनी कारबाही अघि बढाइने भएको छ।

काठमाडौं ।पर्यटकीय क्षेत्र ठमेलको सडकमा युवतीमाथि दु र्व्यवहार गरेको आरोपमा एक युवक प क्राउ परेका छन् ।

Workplace

काठमाडौं उपत्यका अ पराध अनुसन्धान कार्यालयले ती आरोपीलाई शनिबार नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर, काठमाडौं बुझाउने तयारी गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवम् एसएसपी दिलीप घिमिरेले आरोपीमाथि थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए ।
केही दिनअघि ठमेलमा हिँडिरहेको अवस्थामा आफूमाथि अपरिचित युवकले संवेदनशील अ ङ्गमा छोएर दु र्व्यवहार गरेको भन्दै पीडित युवतीले मुन्स वर्ल्ड (moon’s world) नामक इन्स्टाग्राम ह्यान्डलबाट भिडिओ सार्वजनिक गरेकी थिइन् ।
सीसीटिभी फुटेजसहित सार्वजनिक उक्त सामग्रीमा ती युवकले युवतीलाई संवेदनशील अ ङ्गमा छोएपछि भएको विवाद र पुरुषले आफ्नो गल्ती अस्वीकार गरेको दृश्य देखिन्छ ।
पीडित युवतीका अनुसार उनी ठमेलको बाटो हुँदै आफ्नो घर फर्कँदै थिइन् । सोही क्रममा सडकमा हिँडिरहेका ती युवकले उनको सं वेदनशील अङ्गमा छोएर दु र्व्यवहार गरे । युवतीले तत्कालै ती रोकेर प्रतिवाद गर्दा उनले आफ्नो बचाउ गर्दै ‘मैले छोएको होइन, म त हात हल्लाउँदै हिँडिरहेको थिएँ’ भन्दै पन्छिन खोजेका थिए ।
अझ ती युवकले ‘तँ पनि इन्ट्रेस्टेड थिइस्, तैँले मसँग आँखा जुधाइस्’ भन्दै उल्टै आफूलाई नै दोषारोपण गरेको ती युवतीले बताएकी छिन् ।
वरिपरि रहेका केही व्यक्तिहरूले पनि घटनाबारे चासो व्यक्त गरेको सीसीटिभी फुटेजमा देखिन्छ । तर ती युवक निरन्तर आफ्नो गल्ती अस्वीकार गरिरहेका थिए । युवतीले ठमेलकै होटेल थ्याङ्कीबाट सीसीटिभी फुटेज प्राप्त गरेपछि मात्र युवकको नियत र झुटो दाबी एकैपटक छताछुल्ल भएको थियो । फुटेजमा युवकलाई ती युवतीले हेरेकीसम्म थिइनन् भन्ने कुरा स्पष्ट देखिन्छ । तर युवकले नियतवश उनलाई छोएर दुर्व्यवहार गरेका थिए ।
युवतीले आफू सुरक्षित नरहेको महसुस गर्दै र पछि बदला लिन सक्ने मनोवैज्ञानिक त्रासका कारण सुरुमा तत्कालै प्रहरीलाई खबर गर्न नसकेको बताएकी थिइन् । सामाजिक सञ्जालमा भिडिओ भाइरल भएसँगै प्रहरीले सक्रियता देखाएर आरोपीलाई नियन्त्रणमा लिएको हो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?