पहिचान खुल्न नसकेका शवको व्यवस्थापन गरिँदै

समाचार सारांश
Auto Generated by AI
  • रसुवा बाढीका कारण बगेर आएका ३२१ शव चितवनमा फेला परेका छन्।
  • पहिचान हुन नसकेका शवहरूको डीएनए सुरक्षित राखी देवघाटमा व्यवस्थापन गरिएको छ।
  • अहिलेसम्म १२ जनाको मात्र पहिचान खुलेको छ र अन्यको अभिलेख राखिएको छ।

काठमाडौं ।रसुवामा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदीमा बगेर चितवनसम्म आइपुगेका शव फेला पर्ने क्रम जारी छ । चितवनमा हालसम्म ३२१ वटा शव फेला परेको प्रहरीले जनाएको छ ।

Workplace

फेला परेका शवमध्ये १२ जनाको मात्रै पहिचान खुलेको छ । पहिचान भएका ११ पुरुष र एक बालिकाको शव आफन्तले बुझिलगेका छन् । पहिचान हुन नसकेका अन्य शवलाई आवश्यक प्रक्रिया पूरा गरी देवघाट क्षेत्रमा व्यवस्थापन गर्ने काम भइरहेको छ ।

- Advertisement -Workplace

चितवन प्रहरीले दिएको विवरणअनुसार सोमबार मात्रै ८१ वटा बेवारिसे शव व्यवस्थापन गरिएको छ । व्यवस्थापन गरिएका शवमा १३ महिला, १६ पुरुष, दुई बालिका, चार बालक तथा ४६ वटा अन्य शव छन् ।

यसअघि भदौ १३ गते ९६ र भदौ १४ गते १०३ वटा बेवारिसे शव व्यवस्थापन गरिएको थियो । सोमबार थप ८१ शव व्यवस्थापन भएसँगै चितवनमा हालसम्म देवघाट क्षेत्रमा व्यवस्थापन गरिएका बेवारिसे शवको संख्या २८० पुगेको छ ।

चितवनमा फेला परेका कुल ३२१ शवमध्ये ११६ पुरुष, ६६ महिला, सात बालक, छ बालिका र १२६ जना अन्य रहेका छन् ।

पहिचान खुल्न नसकेका शवको भविष्यमा आफन्तले खोजी गर्दा सहज होस् भन्ने उद्देश्यले शवको डीएनए नमुना सुरक्षित राखिएको प्रहरीले जनाएको छ । साथै, प्रत्येक शवलाई निश्चित संकेत नम्बर दिएर अभिलेख राख्दै देवघाट क्षेत्रको जंगलमा डोजरको प्रयोग गरी जमिनमुनि व्यवस्थापन गरिएको छ ।

यसरी शव व्यवस्थापन गर्दा भविष्यमा पहिचान खुलेमा सम्बन्धित शवको स्थान पहिल्याउन र आवश्यक प्रक्रिया अघि बढाउन सहज हुने बताइएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?