भोटेकोशी बाढीबाट घाइते र मृत्यु भएकाहरूको उद्धार र व्यवस्थापनमा १०० बढी एम्बुलेन्स निःशुल्क परिचालन

समाचार सारांश
Auto Generated by AI
  • भोटेकोशी बाढी पीडितको उद्धार र शव व्यवस्थापनका लागि देशभर १०० भन्दा बढी एम्बुलेन्स निःशुल्क परिचालन भएका छन्।
  • विभिन्न जिल्लाका एम्बुलेन्स चालकहरू रातदिन खटिएका छन् भने इन्धनका लागि स्थानीय निकाय र रेडक्रसले सहयोग गरिरहेका छन्।
  • बाढीले नुवाकोटमा तीनवटा एम्बुलेन्स बगाएको छ र रसुवाका पाँचवटा एम्बुलेन्स सम्पर्कविहीन भएका छन्।

काठमाडौं ।भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र व्यवस्थापनमा १०० बढी एम्बुलेन्स निःशुल्क परिचालन भएका छन्।

Workplace

रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही र कपिलवस्तुका एम्बुलेन्स उद्धारमा प्रयोग भएका हुन्।

संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) केन्द्रीय अध्यक्ष नवराज लामिछानेका अनुसार काठमाडौं उपत्यकाका एम्बुलेन्स पनि उद्धार र व्यवस्थापनमा जुटेका छन्।

अधिकांश एम्बुलेन्सले घाइतेलाई अस्पताल र घटनास्थलबाट शवलाई शवगृहसम्म निःशुल्क रूपमा पुर्‍याइरहेको बताए।

टाढा पुर्‍याउनुपर्ने अवस्थामा नेपाल रेडक्रस सोसाइटी, स्थानीय तहलगायत सङ्घसंस्थाले इन्धन सहयोग गरिरहेका लामिछानेले बताए।

उनका अनुसार चितवनमा ४५, नवलपरासी (पूर्व) मा सात, नवलपरासी (पश्चिम) मा १०, गोरखामा १०, धादिङमा १५, नुवाकोटमा छ, कपिलवस्तुमा पाँच, रुपन्देहीमा पाँच वटा एम्बुलेन्स घाइतेको उद्धार तथा शव व्यवस्थापनमा परिचालन भएका छन्।

काठमाडौं उपत्यकामा अस्पतालबाट पशुपति र वरपरका घरसम्म शव निःशुल्क लगिएको छ। यसैबीच, बाढीमा परेर नुवाकोटमा तीन वटा एम्बुलेन्स बगाएको र एउटा पुरिएका अवस्थामा फेला परेको छ।

रसुवाका पाँच वटा एम्बुलेन्स रहेकामा हालसम्म कोही पनि सम्पर्कमा नआएको बताए। अध्यक्ष लामिछानेले भने, ‘एम्बुलेन्स चालक रातदिन शव व्यवस्थापन र घाइतेको उद्धारमा खटिनुभएको छ।’

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?