भोटेकोशी बाढी अपडेट: ५३८ जनाको मृत्यु, ९७७ जना अझै सम्पर्कविहीन

समाचार सारांश
Auto Generated by AI
  • भोटेकोशी बाढीमा परी हालसम्म ५३८ जनाको मृत्यु भएको छ।
  • घटनामा परी ७३ जना घाइते भएका छन् भने ९७७ जना अझै सम्पर्कविहीन छन्।
  • सम्पर्कविहीन हुनेमा ठूलो संख्यामा विदेशी नागरिक र गैरआवासीय नेपाली रहेका छन्।

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण अहिलेसम्म ५३८ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १२ गते दिउँसो सम्मको तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

Workplace

बाढीले बगाएर सबैभन्दा धेरै चितवनमा २२१ जनाको ज्यान गएको छ। यसैगरी नवलपरासी पूर्वमा १३४, गोरखामा विभिन्न मानव अङ्गसहित ४६, नुवाकोटमा ३७ र धादिङमा ३३ जनाको शव फेला परेको छ।

 

तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको मृत्यु भएको छ। विपदमा परी ७३ जना घाइते भएका छन्। जसमध्ये रसुवाका ४३, नुवाकोटका २७ र धादिङका ३ जना छन्।

बाढीपछि ९७७ जना अझै सम्पर्कविहीन छन्। हराउनेमा ठूलो सङ्ख्या विदेशी नागरिकको छ । ५१७ जना विदेशी नागरिक र नेपाल घुम्न आएका विदेशमा बस्ने १२७ जना नेपाली सम्पर्कमा छैनन्।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) बाट प्राप्त विवरणअनुसार रसुवाका १६१, मकवानपुरका ६६ र नुवाकोटका १ जना हराइरहेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?